Logo

२०८३, आश्विन ९गते


images
images

बलिवुड फिल्म कुली र वार-२ ले तीन दिनमा कति कमाए ?

बलिवुड फिल्म कुली र वार-२ ले तीन दिनमा कति कमाए ?

images
  • बलिवुड फिल्म कुली र वार-२ ले तीन दिनमा कति कमाए ?
    images
    images

    काठमाडौँ । बलिवुडमा गत विहिबार दुई ठुला बजेटका फिल्म रिलिज भएका छन् । ऋतिक रोशन र जूनियर एनटीआरको वार- २ रिलिज भएको छ भने सुपरस्टार रजनीकान्तको कुली पनि एकसाथ रिलिज भएको छ । रजनीकान्तको फिल्मको लागि दर्शकहरूमा ठूलो क्रेज देखिएको छ ।

    images
    images
    images

    रिलिजको तीन दिनमा रजनीकान्तको फिल्म कुलीले भारतमा १५०.९६ करोड कमाई गरेको छ । फिल्मले भारतीय बक्स अफिसमा पहिलो दिन ६५ करोड कमाई गरेको थियो भने दोस्रो दिन शुक्रबार ५४.७५ करोड कमाई गरेको थियो ।

    images
    images
    images

    त्यस्तै कुलीले तेस्रो दिन भारतमा ३१.२१ करोड कमाई गरेको थियो ।त्यसैगरी वार-२ ले पनि बक्सअफिसमा जबर्जस्त कमाई गरिरहेको छ । फिल्मले तीन दिनमा १४२.३५ करोड कमाई गरेको छ । फिल्मले भारतमा पहिलो दिन ५२ करोड कमाई गरेको थियो भने दोस्रो दिन शुक्रबार ५७.३५ करोड कमाई गरेको थियो ।

    images
    images
    images

    त्यस्तै तेस्रो दिन शनिबार फिल्मले ३३ करोड कमाई गरेको छ ।सुपरस्टार रजनीकान्तकोको फिल्म कुलीले दक्षिण भारतमा आफ्नो दबदबा कायम गरेको छ भने ऋतिक र जुनियर एनटीआरको फिल्म वार-२ ले हिन्दी भाषामा दबदबा कायम गरेको देखिएको छ ।

    कुली यस वर्षको बहुप्रतिक्षित फिल्महरू मध्ये एक हो । सुपरस्टार रजनीकान्त बाहेक, बलिउड सुपरस्टार आमिर खान, नागार्जुन, श्रुति हासन, सोबिन शाहीर र उपेन्द्र राव पनि यस फिल्ममा मुख्य भूमिकामा देखिनेछन् । यो फिल्म करिब ४ सय करोडको बजेटमा बनाइएको छ । अर्कोतर्फ ऋतिक रोशनसँगै जुनियर एनटीआरको फिल्म वार-२ को लागत पनि चार सय करोड रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बलिवुड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।