Logo

२०८३, आश्विन ९गते


images
images

बागमती प्रदेश

बागमतीका मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने विषय पेचिलो बन्दै, काँग्रेसका १४ सांसद काठमाडौँमै

बागमतीका मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने विषय पेचिलो बन्दै, काँग्रेसका १४ सांसद काठमाडौँमै

images
  • बागमतीका मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने विषय पेचिलो बन्दै, काँग्रेसका १४ सांसद काठमाडौँमै
    images
    images

    काठमाडौँ । बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिने विषय पेचिलो बनेको छ ।  काँग्रेस भित्रको आन्तरिक किचलोको कारण मुख्यमन्त्री बानियाँले विश्वासको लिने विषय पेचिलो बनेको हो । 

    images
    images
    images

    आज ४ बजे बस्ने बागमती प्रदेशको बैठकमा विश्वासको मत लिने तयारी भइरहेका बेला काँग्रेसका १४ सांसद भने काठमाडौँमा रहेका छन् । पुर्व मुख्यमन्त्री बहादुरसिंह लामा पक्षका सांसद काठमाडौँमै बसेपछि विश्वासको मत लिने बानियाँको योजना अवरुद्ध हुने देखिएको छ ।

    images
    images
    images

    बहादुरसिंह लामाले आफुले पछिल्लो समय मन्त्री बनाएका तीन जनालाई निरन्तरता दिने सर्तमा राजीनामा दिएको भएपनि अहिले बानियाँले सो सहमति पालना नगरेसम्म विश्वासको मत नदिने बताएका छन् ।  

    images
    images
    images

    बागमती प्रदेशमा रहेका १४ मन्त्रालयमा कांग्रेसले मुख्यमन्त्रीसहित ८ र एमालेले ६ मन्त्रालय पाएको छ । एमालेले आफ्नो भागका ६ मन्त्री सरकारमा पठाइसकेको छ भने कांग्रेसले दुई जनामा मात्र मन्त्री पठाएको छ ।

    ११० सदस्यीय बागमती प्रदेशमा कांग्रेसका ३७ र एमालेका २७ गरि ६४ सांसद रहेका छन्, जुन बहुमतभन्दा बढी छ । त्यस्तै बागमतिमा नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।