काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता (नयाँ र नवीकरण)बाट ११ करोड रकम उठाएको छ । कांग्रेस केन्द्रीय कार्यालयको आयव्यय विवरण अनुसार क्रियाशील सदस्यताबाट ११ करोड ४३ लाख ३८ हजार ८५१ रुपैयाँ आम्दानी भएको हो ।
चालू आर्थिक वर्षमा नौ करोड २४ लाख ९४ हजार ९४४ रुपैयाँ क्रियाशील सदस्यताबाट उठेको हो भने गतवर्ष दुई करोड १८ लाख ४६ हजार ९०७ रुपैयाँ उठेको कांग्रेसको आयव्यय तथ्यांकमा उल्लेख छ ।
कांग्रेसमा आठ लाख ४० हजार एक सय ६ क्रियाशील सदस्य रहेका छन् । नयाँ क्रियाशील सदस्य चार लाख २९ हजार ४२२ छन् भने नवीकरण गर्नेको संख्या चार लाख १० हजार ६८४ रहेको कांग्रेसले जनाएको छ ।
कांग्रेसले नयाँ क्रियाशील सदस्यका लागि तीन सय रुपैयाँ दस्तुर तोकेको थियो भने नवीकरणका लागि वार्षिक दुई सय रुपैयाँ दस्तुर निर्धारण गरेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology