Logo

२०८३, श्रावण २७गते


images
images

बेरुजु फर्छ्योट

आर्थिक अनुशासनका लागि बेरुजु फर्छ्योट प्राथमिकतामा : मुख्यमन्त्री आचार्य

आर्थिक अनुशासनका लागि बेरुजु फर्छ्योट प्राथमिकतामा : मुख्यमन्त्री आचार्य

images
  • आर्थिक अनुशासनका लागि बेरुजु फर्छ्योट प्राथमिकतामा : मुख्यमन्त्री आचार्य
    images
    images

    दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अनुशासन कायम राख्न बेरुजु फर्छ्योटलाई सरकारले विशेष प्राथमिकतामा राखेको बताएका छन् ।

    images
    images
    images

    प्रदेश सभा सार्वजनिक लेखा समितिले आइतबार प्रदेश सभा सचिवालयमा गरेको बैठकमा उनले मन्त्रालय तथा कार्यालयहरूले बेरुजु फर्छ्योटलाई प्राथमिकतामा राखी योजना निर्माण र कार्यान्वयन गर्न निर्देशन दिए । उनले महालेखा परीक्षकको प्रतिवेदनका सुझावलाई गम्भीरतापूर्वक ग्रहण गरी सुधार योजना लागू गर्ने प्रतिबद्धता जनाए ।

    images
    images
    images

    सार्वजनिक लेखा उपसमितिका संयोजक विष्णुप्रसाद पन्थीले नीति तथा कार्यक्रममा समावेश विषयलाई बजेटमा अनिवार्य राख्न, अधुरा आयोजना पूरा गर्न, सम्पत्ति व्यवस्थापनमा जोड दिन लगायतका महालेखाका सुझाव दिएको जानकारी गराए ।

    images
    images
    images

    बैठकमा मासिक रूपमा बेरुजु फर्छ्योटको प्रगतिप्रति प्रतिवेदन बुझाउने, बजेट निकासा र कार्यान्वयनसँग बेरुजुको विषयलाई जोडेर समस्या समाधान गर्नुपर्नेमा जोड दिइयो ।

    छलफलमा मुख्यमन्त्री आचार्यसहित भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सीता शर्मा चौधरी, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना, सार्वजनिक लेखा समितिका सदस्यहरु, प्रमुख सचिव बावुराम अधिकारी लगायत मन्त्रालयका सचिवहरूको सहभागिता थियो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।