काठमाडौं । आज (शुक्रबार)बाट निर्वाचन आयोगले देशभर मतदाता नामवाली संकलन गर्ने अभियान चलाएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगले मतदाता नामवालीमा नाम छुटेकाहरूको नाम संकलन गर्न थालेको हो ।
नागरिकहरूले आफ्नो नागरिकता लिएर पालिकाको केन्द्रमा दर्ता गराउन सक्नेछन् । ‘नागरिकहरूलाई जिल्लासम्म आएर नाम दर्ता गराउन गाह्रो भएकाले स्थानीय तहको केन्द्र्मा गएरै दर्ता गराउने व्यवस्था मिलाएका हौं,’ उनले भने, ‘आजबाट नाम छुटेकाले आफ्नो नाम दर्ता गराउन सक्नुहुनेछ ।’
पौडेलका अनुसार आजबाट हिमाली र पहाडी जिल्लामा दश दिनका लागि यो अभियान सुरू गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology