काठमाडौं। कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन खाडी मुलुकमा पनि देखिन थालेको छ। साउदी अरबले यसको पुष्टि गरेको छ। त्यहाँको सरकारी न्युज एजेन्सीले यसको पुष्टि गर्दै देशमा पहिलो ओमिक्रोन संक्रमित फेला परेको जनाएको छ।
त्यहाँका अधिकारीहरुका अनुसार संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका सबै जनालाई क्वारेन्टीमा राखिएको छ। रोजगारको सिलसिलामा त्यहाँ पुगेका नेपालीहरु पनि यसबाट प्रभावित हुने भएका छन्।
अफ्रिकाबाट सुरु भएको कोरोनाको नयाँ भेरियन्ट १४ भन्दा धेरै देशमा पुगेको बताइएको छ। विश्व स्वास्थय संगठनले यो ओमिक्रोन भेरियन्ट खतरनाक रहेको भन्दै सचेत रहन सबै देशलाई अपील गरेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology