Logo

२०८३, आश्विन १०गते


images
images

बागमती प्रदेश

बागमतीका प्रदेश प्रमुख विरामी, नवनियुक्त मन्त्रीहरूको शपथग्रहण अनिश्चित

बागमतीका प्रदेश प्रमुख विरामी, नवनियुक्त मन्त्रीहरूको शपथग्रहण अनिश्चित

images
  • बागमतीका प्रदेश प्रमुख विरामी, नवनियुक्त मन्त्रीहरूको शपथग्रहण अनिश्चित
    images
    images

    हेटौडा । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथग्रहण स्थगित भएको छ । आज दिउँसो १ बजे हुने भनिएको नवनियुक्त तीन मन्त्रीको शपथ प्रदेश प्रमुख अकस्मात बिरामी भएपछि स्थगित भएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले जानकारी दिएका छन् ।

    images
    images
    images

     प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाको स्वास्थ्यमा समस्या आएपछि उनी आज बिहानै काठमाडौं गएको प्रवक्ता सापकोटाले बताए । प्रदेश प्रमुख काठमाडौँ प्रस्थान गरेपछि मन्त्रीहरुको सपथग्रहण कार्यक्रम अनिश्चित बनेको छ ।

    images
    images
    images

    कांग्रेस पार्टीमा विवाद बढिरहेका बेला मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई मन्त्री नियुक्त गरेका थिए । बुधबार भएको काँग्रेस संसदीय दलको निर्वाचनमा मुख्यमन्त्री लामालाई पराजित गर्दै इन्द्रबहादुर बानियाँ संसदीय दलको नेता बनेका छन् ।

    images
    images
    images

    बानियाँले २२ मत प्राप्त गरेका छन् भने लामाको पक्षमा १४ मत परेको छ । त्यस्तै एक मत बदर भएको थियो । संसदीय दलको नेतामा पराजित भएपछि प्रतिक्रिया दिदै मुख्यमन्त्री लामाले संबिधानमै दुई बर्षसम्म सरकार परिवर्तन गर्न नपाइने व्यवस्था रहेको बताउदै राजीनामा दिन अस्वीकार गरेपछि नयाँ विवाद शुरु भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बागमती प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।