कृष्ण अन्जान, रुरु । कार्तिके ठुलो एकादशी भनेपछि रिडी नुहाउन मेला भर्न जानेको लर्को नै लाग्थ्यो कुनै बेला तर काेभिडका कारण दुई वर्ष देखि रिडीमा लाग्ने हरि हरिबाेधनी एकादशी र द्वादशी मेला प्रभावित भएको छ ।
रिडी वरिपरिका गाउँबाट फ्याट्ट फुट्ट तीर्थालुहरू कालिगण्डकी स्नानका लागि रिडीबजारमा झरेको देखिएपनि खासै रौनकता छैन । काेभिडकै कारणले ऋषिकेश मन्दिर व्यवस्थापन समितिले यो वर्ष पनि ऋषिकेश रथयात्राको आयाेजना नगरेपछि एकादशी र द्वादशीमा रिडीबजारमा लाग्ने मेला मात्र औपचारिकतामा छिटफुट नदि नुहाउन आउने र मन्दिर दर्शनमा मात्र सीमित बनेको छ ।
विगतमा एकादशीका दिन गुल्मी पट्टीको भागबाट बाजा गाजा सहित फूलपाती लिएर ऋषिकेश मन्दिरमा जाने र द्वादशीमा ऋषिकेशको सांकेतिक मूर्ति सहितको रथयात्रा पाल्पा तर्फ र गुल्मीको रिडी बजारमा भजन कीर्तन बाजागाजा सहितको रथयात्राको आयाेजना हुने गर्थ्यो तर काेभिडका कारण ऋषिकेश जात्रा गर्ने वातावरण नभएको ऋषिकेश मन्दिर व्यवस्थापन समितिका सदस्य जीवन कसजुले बताए ।
मुख्यतया द्वादशीका दिन ऋषिकेश मन्दिरमा बन्ने मनभोगको प्रसाद यो क्षेत्रको बिर्सनै नसकिने गरि बनाउने गरिएको र प्रसादको खान ठुलै भिड ऋषिकेश मन्दिर परिसरमा लाग्ने गर्दथ्यो । एकादशीलाई लक्षित गरि बगरमा व्यापारीहरूले टहरा बनाउने, रिडीमा कालिपारका ठुलाेनाच नचाउने गरिन्थ्यो तर याे सबै सम्झनामा सीमित भएकाे रिडीवासीकाे भनाई छ ।
एकादशी नुहाउन र ऋषिकेश जात्रा हेर्न टाढा टाढा बाट भक्तालुहरू आउने बगरमा ढुँगाका चुल्हो बनाएर अघिल्लै दिनदेखि बास बस्ने र अर्को दिन एकादशी नुहाउने द्वादशिकाे जात्रा हेरेर घर फर्किने गरेको रिडीवासीहरुलाई सम्झना छ । रुरुक्षेत्रको रिडीधाममा लाग्ने मेला मध्येको दोस्रा ठुलो मेला हरिवाेधिनी एकादशी र ऋषिकेश जात्रा भएको र काेभिडकै कारण तीर्थालु आउन छाडेपछि रुरुधाम मेलाकै दिन पनि शून्य रहेको छ ।
रुरुधाममा हाेटल व्यवसायमा आकर्षण बढ्याे, खुल्न थाले करोडौं लगानीका होटेल
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology