Logo

२०८३, श्रावण २७गते


images
images

एसइई नतिजा

देवदहको शिक्षामा गुणात्मक सुधार : एसइईमा ८९.८६ प्रतिशत नतिजा, दुई विद्यार्थीको ४ जिपिए

देवदहको शिक्षामा गुणात्मक सुधार : एसइईमा ८९.८६ प्रतिशत नतिजा, दुई विद्यार्थीको ४ जिपिए

images
  • देवदहको शिक्षामा गुणात्मक सुधार : एसइईमा ८९.८६ प्रतिशत नतिजा, दुई विद्यार्थीको ४ जिपिए
    images
    images

    देवदह । यस वर्षको विद्यालय शिक्षा परीक्षा (एसइई)को नतिजामा रूपन्देहीको देवदह नगरपालिकाले उल्लेख्य सुधार गरेको छ । सामुदायिक र संस्थागत गरी देवदहका कुल २५ वटा विद्यालयबाट ७८९ विद्यार्थी सहभागि एसइईमा ७०९ जना विद्यार्थी उत्तिर्ण भए । 

    images
    images
    images

    उत्तिर्ण संख्याको आधारमा देवदहले ८९.८६ प्रतिशत नतिजा निकाल्न सफल भएको छ, जुन गत बर्षको भन्दा झण्डै दोब्बरले बढि हो ।  गतबर्ष देवदहबाट ४७.४९ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका थिए ।

    images
    images
    images

    यो बर्ष सामुदयिक र संस्थागत विद्यालयबाट गरि ९ वटा विद्यालयले शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउन सफल भएका छन् । सामुदायिक विद्यालयतर्फ भविष्यनिर्माण मावि देवदह–२ ले  शप्रतिशत विद्यार्थी उत्तिर्ण गराउन सफल भएको हो । भविष्य निर्माणबाट यसबर्ष १३ जना विद्यार्थीले एसइई दिएकोमा सवै विद्यार्थी उत्तिर्ण भएको देवदह नगरपालिका शिक्षा शाखाका अधिकृत परशुराम ढकालले जानकारी दिए ।

    images
    images
    images

    यस्तै शप्रतिशत नतिजा ल्याउने संस्थागत विद्यालयहरुमा देवदह बुद्ध पब्लिक ई बो स्कुल देवदह–५, सगरमाथा ई बो स्कुल देवदह–७, देवदह ई बो स्कूल देवदह–७, ग्रिनप्लान्ट ई बो स्कुल देवदह–७, न्यू लुम्बिनी ई बो स्कूल देवदह–५, मदरल्याण्ड एकेडेमी देवदह–३, न्यू नमुना ई बो स्कूल देवदह–९ र कोलिय ई बो स्कुल देवदह–१० रहेका छन् । 

    एसइईमा बुद्धपब्लिकबाट ५१ जना, सगरमाथाबाट ५३, देवदहबाट ४७, ग्रिनप्लान्टबाट ५५, न्यू लुम्बिनीबाट ३९ मदरल्याण्डबाट १२, न्यू नमुनाबाट ३९ तथा कोलियबाट १७ जना विद्यार्थी एसईईमा सहभागि थिए ।

    यसैगरि सामुदायिक तर्फ केरवानी मावि देवदह–५ ले ९५.६५ प्रतिशत विद्यार्थी उत्तिर्ण गराएको छ । यस्तै जनप्रिय मावि देवदह–१० ले ९५.१२ प्रतिशत, सीता मावि चरंगेले ९३.७५ प्रतिशत, सरस्वती मावि देवदह–१ ले ९२.८६ प्रतिशत, जनता मावि देवदह–८ ले ९२ प्रतिशत, युगज्योति मावि देवदह–६ ले ८९.३६ प्रतिशत र महामाया भवानी मावि देवदह–४ ले ७९.४१ प्रतिशत विद्यार्थी उत्तिर्ण गराएका छन् । 

    त्यसैगरी खड्ग मावि देवदह–१ बाट ७८.२६ प्रतिशत, प्रगति मावि देवदह–१२ बाट ६९.७७ प्रतिशत, देवदह मावि देवदह–७ बाट ६९.३९ प्रतिशत र ज्ञानल्योति मावि देवदह–८ बाट ४३.७५ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।

    यसबर्ष सिक्टहन मावि देवदह–१२ बाट सबैभन्दा कम विद्यार्थी उत्तिर्ण भएका छन् । सिक्टहनबाट २६ जना विद्यार्थी एसइईमा सहभागि भएकोमा जम्मा ४ जना विद्यार्थी उत्तिर्ण भएका हुन् । सिक्टहनबाट १५.३८ प्रतिशत विद्यार्थी यस बर्षको एसईईमा उत्तिर्ण भएका छन् । 

    यस्तै संस्थागत तर्फ एसियन लाइट इ बो स्कु्लबाट ९५.८३ प्रतिशत, देवदह मदरटङ्गस एकेडेमीबाट ९२.८६ प्रतिशत, नारायणी पब्लिक हाईस्कुल देवदह–१ बाट ९०.९१ प्रतिशत र सेभेन स्टार इ बो स्कुलबाट ९०.३८ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको शिक्षा शाखा देवदहले जनाएको छ ।

    यसबर्षको एसईईमा बुद्ध पब्लिकका दुईजना विद्यार्थी आर्यन पाण्डे र विवेक भुषालले ४ जिपिए ल्याएका छन् । देवदहका विद्यालयबाट एसईईमा २ विद्यार्थीले ४ जिपिए पहिलोपटक ल्याएको नगर शिक्षा अधिकृत ढकालले जानकारी दिए । 

    यसैगरी सामुदायिक विद्यालय तर्फ भविष्य निर्माण माविकि विद्यार्थी ग्रिष्मा भुषालले ३.९६ जिपिए ल्याएकी छन् । उनी सामुदायिक विद्यालय तर्फ सबैभन्दा बढि जिपिए ल्याउने विद्यार्थी भएको शिक्षा शाखाले जनाएको छ ।

    २०७९ सालदेखि कक्षा ८ को परिक्षामा सुधार ल्याएका कारण देवदहको एसईई परिक्षाको नतिजामा सुधार आएको शिक्षा शाखाले जनाएको छ । शिक्षा शाखा अधिकृत ढकालले भने, ‘कोभिडपछि देशभरकै शैक्षिण गुणस्तर खस्किएको सबैले महसुस गरेकै कुरा हो, देवदहको स्थिति पनि उस्तै थियो । तर २०७९ सालमा हामीले कक्षा ८ को परिक्षा प्रणालीमा व्यापक सुधार गर्यौं । त्यसको नतिजा अहिले देखापरेको छ ।’ 

    अधिकृत ढकालका अनुसार २०७९ मा कक्षा ८ को परिक्षा दिएका विद्यार्थीहरु नै यो बर्षको एसईमा सहभागि थिए । उनले आगामि बर्षहरुमा समेत देवदहको एसईई नतिजा उत्कृष्ट हुने विश्वास व्यक्त गरेका छन् । 

    यसैविच शिक्षा शाखा देवदहले यस बर्षको एसईईमा देवदहको नतिजा प्रतिशत जिल्ल्लामै सबैभन्दा बढि भएको दावी गरेको छ । शाखा अधिकृत ढकालले आफुले जिल्लाका पालिकाहरुको सञ्जालमा दावी प्रस्तुत गर्दा कुनै पालिकाबाट प्रतिकृया नआएकाले देवदहको नतिजा प्रतिशत नै सबैभन्दा बढि भएको जानकारी दिए । ढकालले भने, ‘जिल्लामा हाम्रो दावी प्रस्तुत गरेका छौं, सम्भवत: यो प्रतिशत प्रदेशमा पनि बढि हुन सक्छ, त्यसको लागि पनि हामीले बुझ्ने प्रयास गरिरहेका छौं ।’

    यसरी नतिजामा सुधार गरेको देवदहले विद्यार्थी संख्या बृद्धिमा भने ध्यान दिनुपर्ने देखिन्छ ।  प्राप्त तथ्यांक अनुसार देवदहका विद्यालयहरुमा हरेक वर्ष एक हजारका दरले विद्यार्थी संख्या घट्दो छ । एसइईमा सहभागी विद्यार्थी संख्या नै हेर्दा पनि गत वर्ष १ हजार २ सय ७८ जना देखिन्छन भने यो वर्ष मात्र ७८९ जना, जुन चिन्ताको विषय हो । 

    नगर शिक्षा शाखाले २०७९ सालमा कक्षा ८ मा केही विद्यार्थी रोकीएको हुनाले अहिले कम देखिए पनि आगामी वर्ष संख्या बढ्ने जनाएको छ । तर कक्षा ८ मा रोकिएका ति विद्यार्थीहरु कति विद्यालयमा छन् र कतिले विद्यालय छोडिसके भन्ने तथ्यांकको खोजी हुनु जरुरी छ । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।