भैरहवा । भिम अस्पताल भैरहवालाई जनउत्थान सहकारीले १ लाख बढीको मेडिकल सामान सहयोग गरेको छ । कोरोना महामारीसंग लडिरहेकाहरुलाई अक्सिजन लगायतका मेडिकल सामग्री सहयोग गरिएको हो ।
विद्यमान कोरोनाको कहरबाट संक्रमीतहरुको जीवन रक्षाको लागि सहयोगी हुने अपेक्षाका साथ सामाजिक उत्तरदायीत्व निर्वाह गर्दै भीम अस्पाताल भैरहवालाई जनउत्थान सहकारीले करिब १ लाख २० हजार बराबरकाे ३० थान अक्सिजन सिलिन्डरमा लाग्ने रेगुलेटर मेसिन प्रदान गरिएकाे संस्थाले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology