काठमाडौं । सर्वोच्च अदालत हाताभित्र शुक्रबार कानुन व्यवसायीबीच कुटाकुट भएको छ। शुक्रबार सर्वोच्च अदालतभित्र अधिवक्ता भूमिनन्द चुडाँल र अर्का अधिवक्ता विराट न्यौपानेबीच कुटाकुट भएकाे हाे।
बहसका लागि सर्वोच्च अदालत पुगेका चुँडालको इजलाश बस्न नसक्दा न्यायालय प्रभावित भएको विषयमा भनाभन भएको थियो। चुडाँलले बार परिसरमा पत्रकारहरूसँग भने, ‘मिडियामा न्यायालयविरुद्ध किन बोलिस् भन्दै ममाथि हातपात गरियो।’
न्यायाधीश र कानुन व्यवसायीको बहिस्कारका कारण शुक्रबार पनि सर्वोच्च अदालतमा मुद्धाहरुको सुनुवाइ हुन सकेको छैन।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बार एसोसियसनले अदालती कामकारबाही बहिस्कार गरिरहेका छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology