Logo

२०८३, श्रावण २७गते


images
images

नेपाली सेनाद्वारा गिरफ्तार दुई सैनिक अधिकारीलाई अदालतमा उपस्थित गराउन सर्बोच्चको आदेश 

नेपाली सेनाद्वारा गिरफ्तार दुई सैनिक अधिकारीलाई अदालतमा उपस्थित गराउन सर्बोच्चको आदेश 

images
  • नेपाली सेनाद्वारा गिरफ्तार दुई सैनिक अधिकारीलाई अदालतमा उपस्थित गराउन सर्बोच्चको आदेश 
    images
    images

    काठमाण्डौ । नेपाली सेनाद्वारा गिरफ्तार गरिएका नेपाली सेनाको प्राड विभागका प्रमुख सेनानी कुलदिप तिमसिना र महेन्द्रजंग शाहीलाई अदालतमा उपस्थित गराउन सर्बोच्च अदालतले आदेश दिएको छ।

    images
    images
    images

    नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सहयोग गरेको अभियोगमा नेपाली सेनाले गिरफ्तार गरेका उनीहरुलाई अदालतमा उपस्थित गराउन आज सर्बोच्च अदालतले आदेश दिएको हो । सैनिक मुख्यालयले जंगीअड्डाले भने थुनामा राखेको अस्वीकार गरिरहेको छ । सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले सोधपुछ मात्रै भइरहेको दाबी गरे ।

    images
    images
    images

    जंगीअड्डा स्रोतका अनुसार सेनाले पक्राउ परेलगत्तै गैरकानूनीरुपमा थुनामा राखिएको भन्दै दुवै सैनिक अधिकृतले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दिएका छन् । सैनिक अनुशासन विपरितको कार्य गरेको अभियोगमा थुनामा राखिएलगत्तै उनीहरुको तर्फबाट अदालतमा रिट परेको थियो ।

    images
    images
    images

    रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले तीन दिनभित्र दुवै सैनिक अधिकारीलाई उपस्थित गराउन आदेश दिएको हो ।

    जंगीअड्डालाई विपक्षी बनाएर दिइएको रिट निवेदनसम्बन्धी संक्षिप्त आदेशमा भनिएको छ, ‘आदेश जारी हुन नपर्ने भए आधार, कारणसहित म्याद सूचना प्राप्त भएको मितिले ३ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दीसहित लिखित जवाफ पेश गर्नु ।’ अदालतले अनुसन्धान सम्बन्धी मुख्य कागजातहरुको प्रमाणित प्रतिलिपि समेत मगाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सर्बोच्च अदालत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।