Logo

२०८३, आश्विन १०गते


images
images

बेञ्च बहिष्कार गर्ने न्यायाधीशविरुद्ध प्रदर्शन, इजलास सुचारु गर्न मानव अधिकार आयोगसँग माग

बेञ्च बहिष्कार गर्ने न्यायाधीशविरुद्ध प्रदर्शन, इजलास सुचारु गर्न मानव अधिकार आयोगसँग माग

images
  • बेञ्च बहिष्कार गर्ने न्यायाधीशविरुद्ध प्रदर्शन, इजलास सुचारु गर्न मानव अधिकार आयोगसँग माग
    images
    images

    काठमाडौँ । कानून व्यवसायीहरुको एक समूहले बार नेतृत्व र इजलास बहिष्कार गर्ने न्यायाधीशहरूविरुद्ध माइतीघरमा प्रदर्शन गरेका छन् । 
    प्रदर्शनमा न्यायपालिका सुचारुका लागि हस्ताक्षर संकलन कार्यक्रम पनि गरिएको थियो । 

    images
    images
    images

    प्रदर्शनमा न्यायको ढिलाइले अन्याय बढ्ने भन्दै न्यायाधीशहरूलाई मुद्दाको सुनुवाइमा फर्कन माग गरिएको छ ।

    images
    images
    images

    मुद्दा नहेर्ने न्यायाधीश र इजलासमा नजाने वकिलले जनताको अधिकार खोसेको प्रदर्शनमा सहभागीहरुले टिप्पणी गरेका छन् ।

    images
    images
    images

    माइतीघरमा भएको प्रदर्शनपछि हस्ताक्षर संकलन कार्यक्रम पनि गरिएको थियो । कानून व्यवसायीहरुको समूहले राष्ट्रिय मानव अधिकार आयोगमा पुगी आयोग समक्ष ज्ञापन पत्र पनि बुझाएका छन् । 

    सर्वाच्चका न्यायधीशहरुले इजलास वहिस्कार गर्दा बन्दी, बालबालिका, ज्येष्ठ नागरिक लगाएत सिमान्तकृत र निमुखा वर्गका आवाजहरु दवाइएको भन्दै यो गम्भीर मानव अधिकारको उल्लंघनको घटनाका रुपमा लिन आयोग संग उपयुक्त छानविनको माग पनि राखेको छ । 

    ज्ञापनपत्र बुझाउदै अधिवक्ताहरुले आम जनताको न्यायमाथिनै कुठराघात भएकाले मानव अधिकारको ढोका ढकढक्याउनु परेको प्रतिक्रिया दिएका थिए । 

    अधिवक्ताहरुले सर्वाच्चका न्यायाधीसहरुले इजलास वहिस्कार गर्नु मानवता विरुद्धको अपराध भएकाले यसमा राष्ट्रिय मानव अधिकार आयोगका तर्फबाट छानवीन र अनुगमन हुनुपर्ने माग पनि गरेका छन्  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।