कृष्ण अन्जान, गुल्मी । पुर्वमन्त्री एवं नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले नेपालमा विगत तीस वर्षमा नभएकाे काम एमाले सरकारले तीन वर्षमा गरेको दावी गरेका छन् । एमाले रुरुक्षेत्र गाउँपालिकाकाे अधिवेशनमा बाेल्दै नेता ज्ञवालीले नेकपा एमाले विपक्षिहरुकाे घेरावन्दीमा पर्नु स्वाभाविक भएको उल्लेख गर्दै घेराबन्दीका बाबजुद पनि एमालेले उत्कृष्ट काम गरेको बताए ।
एमालेले देशलाई राजनैतिक द्वन्द मुक्त बनाएकाे, देशलाई विकासशिल देशमा पुर्याएकाे, नाकाबन्दीकाे अन्त्य, कालापानी लिपुलेक र लिम्पियाधुरा समेटेर नक्सा जारी गरेकाे, सामजिक सुरक्षा भत्ता बढाएर चार हजार पुर्याउने काम गरेको उल्लेख गर्दै नेता ज्ञवालीले एमालेले अदभूत विकास गरेको दावी गरे ।
यतिबेला एमाले जनादेशबाट नभई परमादेशबाट सरकारबाट बाहिर रहेको तर्क गर्दै ज्ञवालीले एमालेको जनमत नघटेकाे प्रदिप ज्ञवालीकाे बताए ।
त्यसै गरि सोही कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका साँसद समेत रहेका नेकपा एमालेका नेता कमलराज श्रेष्ठले नेपालमा समानताका लागि लड्दै समाजवाद उन्मुख एकमात्र कम्युनिस्ट पार्टी नेकपा एमाले भएकाे बताए । हतियार थन्काएर बहुदलिय जनवादी सिद्धान्तलाई आधार मान्दै युद्धबाट सँसदिय व्यवस्थामा प्रवेश गरेकाे नेकपा माओवादि डुप्लिकेट एमाले भएकाे साँसद श्रेष्ठकाे दावी छ ।
त्यसैगरी अधिवेशनमा बाेल्दै एमाले नेता एवं रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतमले कार्यकर्ताहरुलाई सैद्धान्तिक प्रशिक्षण आवस्यकता भएकाे बताए ।अध्यक्ष गौतमले मार्क्सवाद पहिले बुझ्न गाह्राे, पछि छाड्न गाह्रो हुने विषय भएकाले मार्क्सवाद अजेय रहेकाे दावी गरे ।
कार्यक्रममा एमाले नेता कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology