रेशम अधिकारी, नवलपरासी । पूर्व भौतिक पूर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले फेरी पनि नेकपा एमालेलाई तिनै तहमा पहिलो पार्टी बनाउने उद्घोष गरेका छन् ।
सुनवल नगरपालिका वडा नम्बर ७ को वडा भेला तथा प्रतिनिधि छनौट कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले यस्तो बताएका हुन् । उनले अबको निर्वाचनमा कांग्रेस, माओवादी र अन्य पार्टी बलिन भएर जाने भएकाले फेरी पनि जनताको सेवाका लागि नेकपा एमालेको सरकार आउने बताए ।
उनले मुलुकमै ठुलो पार्टी तथा बलियो र जिम्मेवार पार्टीका रुपमा रहेको एमाले जनताको समृद्धिका लागि फेरी सरकार चलाउने जिकिर गरे । मन्त्री चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न एमाले सुनवल ७ को वडा भेलाले नामनारायण कुँवरको अध्यक्षतामा ३५ सदस्यीय समिती चयन गरेको छ जसमा प्रकाश चौधरीलाई उपाध्यक्ष, सम्सेर मगर सचिव, भीमा सिंजापति र युवाराज थापा गरि दुइ उपसचिव रहेका छन् ।
त्यस्तै प्रेम बि .क खुम ठाडा, देवीलाल पौडेललाई सदस्यमा चयन गरेको छभने नगर प्रतिनिधिमा तुलसी ज्ञवाली, जानकी ओझा, रिता पराजुली, बिनोद पाण्डे, नारायण भुसाल, नारायण कुवर, कृष्ण न्यौपाने, चब बहादुर थापा, सम्सेर कामु मगर, पूर्ण बहादुर दर्जी, मोहन थापालाई छनौट गरेको छ । भेलामा एमाले नेता कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।




Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology