Logo

२०८३, श्रावण २७गते


images
images

विश्वकप लिग २

विश्वकप लिग २ को सिरिजमा आज नेपालले स्कटल्याण्डको सामना गर्दै

विश्वकप लिग २ को सिरिजमा आज नेपालले स्कटल्याण्डको सामना गर्दै

images
  • विश्वकप लिग २ को सिरिजमा आज नेपालले स्कटल्याण्डको सामना गर्दै
    images
    images

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आजदेखि आईसीसी एक दिवसीय विश्वकप लिग २ अन्तर्गतको सिरिज खेल्दै छ । सिरिजको पहिलो खेलमा आज नेपाल र आयोजक स्कटल्याण्ड आमने सामने हुदैछन् । यो खेल नेपाली समय अनुसार अपराहन्न ३:४५ बजेदेखि शुरु हुदैछ ।

    images
    images
    images

    नेपाल र स्कटल्याण्डले अहिलेसम्म ८ एकदिवसीय खेल खेलेका छन् । जसमा नेपालले ४ खेल जितेको छ भने स्कटल्याण्डले ३ खेल जितेको छ । त्यस्तै एक खेलको कुनै नतिजा आएको छैन ।      

    images
    images
    images

    स्कटल्याण्डसहित नेपाल र नेदरल्याण्डसले यो सिरिज खेल्दैछन् । नेपालले लिग-२ अन्तर्गत स्कटल्याण्ड र नेदरल्याण्डसँग भोलीदेखि देखि १० सम्म सिरिज खेल्नेछ । लिग-२ सिरिजपछि नेपालले ती देशहरूसँग टी-२०आई सिरिज खेल्नेछ । उक्त सिरिज जुन १५ देखि २० सम्म सञ्चालन हुनेछ ।लिग-२ को अंक तालिकामा नेपाल पुछारमा रहेको छ ।

    images
    images
    images

    अहिलेसम्म १२ खेल खेलेको नेपालको ६ अंक मात्र रहेको छ । नेपालले अन्य सात देशले भन्दा कम खेल पनि खेलेको छ । हाल अंक तालिकामा अमेरिका शिर्ष स्थानमा रहेको छ । अमेरिकाको २० खेलमा २८ अंक छ । त्यस्तै यो सिरिज खेल्न लागेको नेदरल्याण्डसको २० खेलमा २६ अंक रहेको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।

    त्यसैगरी स्कटल्याण्डको १६ खेलमा २० अंक रहेको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ । नेपालले यसअघि खेलेका १२ खेलमा केवल २ खेल जितेको छ भने ८ खेलमा हार बेहोरेको छ । त्यस्तै २ खेलको नतिजा आएको थिएन । अंक तालिकामा पुछारमा रहेकोले नेपाल जित्नै पर्ने दबाबमा रहेको छ ।  नेपालले इङल्याण्ड र स्कटल्याण्डमा अभ्यास खेल खेलेर कन्डिसनमा आफुलाई ढाल्ने प्रयास गरेको छ ।

    यस सिरिजमा खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), गुलशन झा, अनिल शाह, भीम सार्की, सोमपाल कामी, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने र करण केसी रहेका छन् ।त्यस्तै त्रिकोणात्मक टी- २० सिरिज खेल्ने टिममा किरणकुमार ठगुन्ना, रुपेश सिंह र लोकेश बम सहभागी हुने छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्वकप लिग-२
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।