Logo

२०८३, श्रावण २७गते


images
images

विश्वकप लिग-२ : वर्षाले अवरुद्ध खेलमा नेपाल र स्कटल्यान्डले अंक बाँडे

विश्वकप लिग-२ : वर्षाले अवरुद्ध खेलमा नेपाल र स्कटल्यान्डले अंक बाँडे

images
  • विश्वकप लिग-२ : वर्षाले अवरुद्ध खेलमा नेपाल र स्कटल्यान्डले अंक बाँडे
    images
    images

    काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन टुको खेलमा स्कटल्यान्डसँग अङ्क बाँडेका छ । सोमबार भएको खेलमा नेपालले ६ ओभरमा २६ रन बनाएर १ विकेट गुमाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको हो ।

    images
    images
    images

    नेपालका ओपनर अनिल शाह १९ बलमा १० रन बनाएर आउट भएका थिए । पहिलो ओभरको समाप्तिमा पनि लामो समय खेल रोकिएर सुरु भएको थियो ।

    images
    images
    images

    स्कटल्यान्डसँगको १ अङ्कसहित नेपालले त्रिदेशीय शृङ्खलामा ३ अङ्क जोडेको छ । डिभिजन टुको अङ्क तालिकामा नेपाल १२ खेलमा ६ अङ्कसहित सातौँ स्थानमा छ ।

    images
    images
    images

    तालिकामा अमेरिका १२ खेलमा १६ अङ्कसहित पहिलो तथा क्यानडा १२ खेलमा १२ अङ्कका साथ दोस्रो स्थानमा छन् ।

    स्कटल्यान्डको ११ खेलमा १४ तथा नेदरल्यान्ड्सको ९ खेलमा १२ अङ्क छ । नामिबियाको १२ खेलमा १० अङ्क छ । ओमानको ९ खेलको ८ अङ्क छ । पुछारमा रहेको संयुक्त अरब इमिरेट्सको ९ खेलमा ४ अङ्क छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्वकप लिग-२
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।