Logo

२०८३, श्रावण २७गते


images
images

भीषण वर्षाले अर्घाखाँची सदरमुकाम डुवानमा, जनजीवन अस्तव्यस्त

भीषण वर्षाले अर्घाखाँची सदरमुकाम डुवानमा, जनजीवन अस्तव्यस्त

images
  • सेतोमसी सहकर्मी
  • भीषण वर्षाले अर्घाखाँची सदरमुकाम डुवानमा, जनजीवन अस्तव्यस्त
    images
    images

    दिपेन्द्र खत्री,अर्घाखाँची  । लगातारको वर्षाले अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क, चुत्राबेसी डुवानमा परेको छ। केही दिन देखि परेको बर्षाका कारण आज रातभरीको वर्षाले  बाँगी खोलाकाे  वहाव बढेको र निकास साँघुरो हुँदा चुत्राबेसी क्षेत्र जलमग्न भएको हो। अहिले भक्तिखोला, घोचे खोला, मसाल बजार, पम्प लाइन, हाइस काउन्ट लगायत सम्पूर्ण क्षेत्र डुवानमा परेकाे पत्रकार हलिम खानले जानकारी दिए  ।

    images
    images
    images

    मध्यरातमा चुत्राबेसी बजारभित्रका सबै गल्ली पनि जलमग्न भएका छन् । बाँगी खोला किनाराका बासिन्दालाई स्थानतरण गरिएकाे छ । अधिक वर्षा भएपछि बाँगी खोला किनाराका सम्पूर्ण क्षेत्र जोखिममा परेका छन् । अहिलेसम्म कुनै क्षेतिको विवरण आएको छैन् । भक्तिखोला, घोचे खोला, मसाल बजार, पम्प लाइन, हाइस काउन्टर लगायतका क्षेत्रमा डोजर लगाएर निकास खोल्ने काम भईरहेको छ ।

    images
    images
    images

    बाँगी खोला अतिक्रमणका कारण निकास साँघुरो हुँदा डुबान भएको हो । अर्घाखाँचीको ईतिहासमा यस अगाडि यि क्षेत्रमा अधिक वर्षाका कारण डुवान भने भएको थिएनन् । तर हिउँद लाग्दै गर्दा भएकाे बर्षाले पूरा बजार हिलाम्मे भएकाे छ, भने दुई वटा पुलसम्म बगाएको छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।