काठमाडौं । भारतको विदेशी मुद्रा सञ्चिति खस्किएको छ। भारतीय रिजर्भ बैंक (आरबीआई) ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार मे १६ सम्ममा भारतको सञ्चिति ४ अर्ब ८८ करोड ८० लाख अमेरिकी डलरले घटेर ६८५ अर्ब ७२ करोड ९० लाख डलरमा पुगेको हो।
सञ्चितिमा आएको यो गिरावट मुख्यतया सुन सञ्चितिमा आएको तीव्र ह्रासका कारण भएको बताइएको छ। सो हप्तामा मात्र भारतको सुन सञ्चिति ५ अर्ब १२ करोड १० लाख डलरले घटेको आरबीआईको तथ्याङ्कले देखाउँछ।
यद्यपि विदेशी मुद्रा सम्पत्ति भने २७ करोड ९० लाख डलरले बढेर ५८१ अर्ब ६५ करोड २० लाख डलर पुगेको छ। यसले समग्र सञ्चितिमा केही सन्तुलन ल्याएको भए पनि सुन सञ्चितिको गिरावटले समग्र सञ्चिति तल झार्ने प्रभाव पारेको छ।
त्यस्तैगरी, विशेष आह्वान अधिकार ४ करोड ३० लाख डलरले घटेर १८ अर्ब ४९ करोड डलरमा पुगेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषमा रहेको भारतको सञ्चिति पनि ३० लाख डलरले घट्दै ४ अर्ब ३७ करोड १० लाखमा सीमित भएको छ।
आरबीआईले प्रत्येक साताको अन्त्यमा विदेशी मुद्रा सञ्चिति सम्बन्धी तथ्याङ्क सार्वजनिक गर्दै आएको छ।
भारतको अर्थतन्त्रमा विदेशी मुद्रा सञ्चिति स्थायित्व र आयात क्षमताको प्रमुख संकेतक मानिन्छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology