Logo

२०८३, आश्विन ९गते


images
images

राजनीति

'देशमा केही भएन' भन्नु फेसन जस्तो भयोः उपप्रधानमन्त्री सिंह

'देशमा केही भएन' भन्नु फेसन जस्तो भयोः उपप्रधानमन्त्री सिंह

images
  • 'देशमा केही भएन' भन्नु फेसन जस्तो भयोः उपप्रधानमन्त्री सिंह
    images
    images

     काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा भएका उपलब्धिहरूप्रति अनदेखी गर्दै ‘के भयो र?’ भन्ने जस्ता प्रश्नहरू उठाउने चलन फेसनजस्तै बनेको टिप्पणी गरेका छन्।

    images
    images
    images

    शनिबार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ काठमाडौं महानगर समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै सिंहले पछिल्लो समय देशमा भएका उपलब्धिलाई बेवास्ता गर्ने र निराशावादी भावना फैलाउने प्रवृत्ति बढेकोप्रति असन्तुष्टि जनाए।

    images
    images
    images

    “अहिले एउटा फेसनजस्तै के भयो र? के भएको छ र? यो प्रजातन्त्रले के दियो र? भन्ने प्रश्न गर्ने गरिन्छ,” सिंहले भने, “तर त्यो प्रश्न उठाउने स्वतन्त्रता दिने पनि यही प्रजातान्त्रिक व्यवस्थाले हो।”

    images
    images
    images

    सिंहले अहिले जनताले प्रयोग गरिरहेको अभिव्यक्ति स्वतन्त्रता सहजै प्राप्त नभई संघर्ष र बलिदानको मूल्यमा हासिल गरिएको बताए। उनले भने, “अब प्राप्त अधिकारलाई सुरक्षित राख्ने जिम्मेवारी हाम्रो काँधमा छ। अधिकार आएपछि त्यसलाई संस्थागत गर्दै अगाडि बढाउनु हाम्रो दायित्व हो।”

    उपप्रधानमन्त्री सिंहले लोकतान्त्रिक प्रणालीको मूल्यलाई बुझ्ने र यसको संस्थागत विकासमा सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताए। उनले जनताको अधिकार सुनिश्चित गर्नु, लोकतान्त्रिक अभ्यास सुदृढ गर्नु, र प्रजातान्त्रिक मूल्यको संरक्षण गर्नु नै अहिलेको प्रमुख कार्यभार भएको तर्क गरे।

    ‘नेगेटिभ कुरालाई मात्र हाइलाइट गर्ने प्रवृत्ति बढेको’ भन्दै चिन्ता

    सिंहले पछिल्लो समय सकारात्मक उपलब्धिहरूको अवमूल्यन गरी नकारात्मक धारणा मात्र फैलाउने प्रवृत्तिले लोकतान्त्रिक प्रक्रियामाथि नै प्रश्न उठ्ने अवस्था आएको बताए।

    “लामो समयको त्याग, तपस्या र बलिदानले यो व्यवस्था ल्याएका हौँ,” उनले भने, “तर अहिले उपलब्ध चीज केही होइन भन्ने प्रवृत्ति छ। उपलब्धलाई केही होइन भन्नु हो भने नयाँ उपलब्धिको लागि आवाज उठाइएको छ त? यतातिर पनि हाम्रो ध्यान जानुपर्छ।”

    उपप्रधानमन्त्री सिंहले अबको आवश्यकता अधिकारप्रति जनचेतना र जिम्मेवारीबोध बढाउनु रहेको बताए। “संविधानले दिएका अधिकारहरू सजिलै प्राप्त भएका होइनन्,” सिंहले भने, “यी अधिकारहरूलाई जनताले प्रयोग गर्ने मात्र होइन, संरक्षण र सम्बर्धनमा पनि भूमिका खेल्नुपर्छ।”

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रकाशमान सिंह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।