पाल्पा । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले पूर्व विशिष्टलाई सुविधा थप्ने सरकारको कुनै तयारी नभएको बताएका छन् । नेपाल पत्रकार महासंघ पाल्पा द्धारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सरकारले पूर्वविशिष्टलाई सुविधा थप्ने तयारी नगरेको बताएका हुन् ।
‘पूर्वविशिष्टलाई सुविधा थप्ने गरी सरकारले कुनै गृहकार्य अघि बढाएको छैन ।’ उनले भने, ‘सुविधा थप्ने सरकारको मनसाय छैन ।’
यसअघिका सरकारले अगाडि बढाएको पूर्वविशिष्टको सुविधाको विषय सर्वोच्च अदालत पुगेपछि कानून बनाएर व्यवस्थित गर्नेगरी निर्देशनात्मक आदेश जारी भएको बताउँदै उपप्रधानमन्त्री सिंहले वर्तमान सरकार आर्थिक समृद्धि र विकासमा केन्द्रित रहेको उल्लेख गरे ।
राजनीतिक स्थिरता नभई विकासको कामले गति लिन नसक्ने भएकाले अहिले कांग्रेस, एमाले सहितका दलहरू मिलेर सरकार बनाएको भन्दै उनले जनताको जीवन र जीविका सहज बनाउनु नै वर्तमान सरकारको प्राथमिकता रहेको बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology