काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले भएका कमी कमजोरी पहिचान गरी सुधार गरेर देश विकास गर्न सरकार अग्रसर रहेको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उपप्रधानमन्त्री सिंहले अहिलेको सरकार नेपाली काँग्रेस र नेकपा एमालेसहित अन्य साना राजनीतिक दलहरु मिलेर देशमा शान्ति, सुशासन र विकास निर्माण गर्नका लागि बनेको बताए । उनले नागरिकले सरकारकै सुनिशिचतता छैन कसरी देश विकास गर्छौ ? भन्ने प्रश्न गरेपछि देश विकाससँगै सरकारको स्थायित्वका लागि अहिलेको सरकार निर्माण भएको दावी गरे ।
उपपप्रधानमन्त्री सिंहले लोकतन्त्रमा सबैकुरा व्यक्त गर्ने अधिकार रहेको भएपनि अधिकारको मात्रै कुरा गर्ने तर जिम्मेवारी अनुसार काम नगर्ने कुराले समाजलाई सही ठाउँमा नपु¥याउने बताए । राजनीतिक स्थायित्व भएमात्रै देशको अर्थतन्त्र सुदृढ पार्ने सहितका विकासका कामहरु अघि बढ्नसक्ने सिंहको भनाई छ । जीवन र जीविकोपार्जन सहज हुनुपर्ने आवाज सबै नागरिकको भएकाले सोहीअनुसार सरकारले काम गरिरहेको सिंहले जिकिर गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology