Logo

२०८३, श्रावण २७गते


images
images

हैदराबादमा आगलागी : १७ जनाको मृत्यु

हैदराबादमा आगलागी : १७ जनाको मृत्यु

images
  • हैदराबादमा आगलागी : १७ जनाको मृत्यु
    images
    images

    काठमाडौं । दक्षिणी भारतीय शहर हैदराबादको एक भवनमा आईतवार भएको भीषण आगलागीमा १७ जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन् । 

    images
    images
    images

    शहरको प्रतिष्ठित चारमिनार क्षेत्र नजिकै गुलजार हाउसमा रहेको आवासीय भवन भित्र बिहान आगलागी भएको थियो । आगो बिहान ६ बजेतिर लागेको थियो ।

    images
    images
    images

    बिहान सवा ६ बजेसम्ममा अग्निशमन विभाग घटनास्थलमा उपस्थित थियो । उनीहरूले भित्र फसेका मानिसहरूलाई बचाउने प्रयास गरे पनि आगोले सम्पूर्ण भवनलाई नै ध्वस्त पारेको थियो ।

    images
    images
    images

    प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानले सर्ट सर्किटका कारण आगलागी भएको हुनसक्ने देखाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगलागीको घटना र त्यहाँ ज्यान गुमाउनेप्रति दुःख व्यक्त गरेका छन् । 

    उनले पीडितहरूलाई आर्थिक क्षतिपूर्तिको घोषणा समेत गरेका छन् । सुरक्षा मापदण्डहरूलाई बेवास्ता गगर्ने र ज्वलनशील पदार्थ जथाभावी भण्डारण गरिने भएका कारण भारतीय घरहरूमा आगलागी हुने सम्भावना सामान्यतया उच्च हुने बताइन्छ । 


    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आगलागी
  • # हैदराबाद
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।