सल्यान । सल्यानमा बाबु छोराको मासुको बिषय लाई लिएर कुरा नमिल्दा बाबुले खुर्पा प्रहार गरि छोराको ह'त्या गरेका छन् ।
यो घटना हो सल्यान जिल्ला वडा न. १० को। बाबू निमबहादुर कुंवरले छोरा रुपलालको ह'त्या गरेको जनाइएको छ।
बाबु ५६ बर्षका छन् भने छोरा ३३ बर्षका थिए।अन द स्पोर्ट नै उनको मृत्यु भएको हो। घटना भने गए रातिको हो। बाबु – छोरा नै मदिराको अत्याधिक सेवन गरिएको बताइएको छ।
मदिराले मातेका बुवा-छोराका बीचमा भनाभन हुने क्रममा बुवा निमबहादुरले छोरा रुपलाललाई एकाएक खुर्पा प्रहार गरेको भन्ने खबरपछि राति नै प्रहरी पुगेर आरोपितलाई नियन्त्रणमा लिइएको डिएसपी थापाले जानकारी दिए।
राँगा काटेको र आफू लाई हड्डीहड्डी दिएको भनेर बाबुले भनेपछि छोरा आक्रमक बनेका थिए। त्यस लगत्तै बाबुलाई छोराले धकलेर घर हिड्नु भनेपछि आफुलाइ अपमान गरेको भन्दै बाबुले छोराको घाटीमा खुर्पा प्रहार गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology