Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

राजनीतिमा यस्तै हुन्छ, बस्नेत र राई पक्राउलाई ठूलो अर्थमा नलिनूस् : देउवा

राजनीतिमा यस्तै हुन्छ, बस्नेत र राई पक्राउलाई ठूलो अर्थमा नलिनूस् : देउवा

images
  • राजनीतिमा यस्तै हुन्छ, बस्नेत र राई पक्राउलाई ठूलो अर्थमा नलिनूस् : देउवा
    images
    images

    काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका निलम्वित सांसद द्धय माया राई र मोहनबहादुर बस्नेत पक्राउ परेको घटनालाई ठूलो अर्थमा नलिन आग्रह गरेका छन् । 

    images
    images
    images

    शनिवार बानेश्वरमा बसेको संसदीय दलको बैठकमा देउवाले निलम्वित सांसद द्धय राई र बस्नेत पक्राउ पर्नुभएको घटनालाई ठूलो अर्थमा नलिन आग्रह गरेका हुन् । बैठकमा सभापति देउवाले राखेको धारणा उद्धृत गर्दै पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राई र बस्नेत पक्राउ परेकोबारेमा सांसदहरुले आवाज उठाएको र सभापति देउवाले जवाफ दिएको बताए । 

    images
    images
    images

    घिमिरेकाअनुसार सभापति देउवाले राजनीतिमा यस्तै हुने र आफूहरु पनि जेल बसेर आएको पार्टीका सांसदहरुलाई स्मरण गराएका थिए । बैठकपछि संसदीय दलको बैठकका निर्णय सुनाउने क्रममा प्रमुख सचेतक घिमिरेसँग सञ्चारकर्मीहरुले काँग्रेसका निलम्वित सांसदद्धय माया राई र मोहन बस्नेतको बारेमा प्रश्न गरेका थिए ।

    images
    images
    images

    घिमिरेले भने, ‘उहाँहरुको कुरा पनि उठ्यो, उहाँहरुको विषयमा पनि सांसदहरुले कुरा उठाउनु भयो । त्यो विषयमा सभापतिज्युले जवाफ दिनुभयो । राजनीतिमा यस्तै हुन्छ, हामी पनि जेल बसेर आएका हौँ, थुनामा बसेर आएका हौँ भन्नेकुरा राख्नुभयो । यो विषयलाई ठूलो अर्थमा लिनु हुँदैन, राजनीतिमा हामी पनि बसेका हौँ भन्नुभयो ।’

    माओवादी केन्द्रसँग गठबन्धन गरेर जाने बारेमा कुनै एजेण्डा नरहेको स्पष्ट पार्दै उनले काँग्रेसले सरकार परिवर्तनको बारेमा कुनै सोच नराखेको पनि पत्रकारहरुमाझ बताए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राजनीति
  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।