Logo

२०८३, आश्विन ९गते


images
images

दशैंको शुभकामना दिन एमाले नेता घरदैलाेमा 

दशैंको शुभकामना दिन एमाले नेता घरदैलाेमा 

images
  • दशैंको शुभकामना दिन एमाले नेता घरदैलाेमा 
    images
    images

    गुल्मी । नेपालीहरुकाे पर्व विजया दशमीकाे रौनक शुरु भएकाे छ । शहर गाउँ फर्केकाे छ र गाउँ घर रमाइलो भएकाे छ ।

    images
    images
    images


    यतिवेला सामाजिक सन्जाल सन्चार माध्यमहरुमा शुभकामना प्रशारण र प्रकाशन भईरहेका छन ।सबैले शुभकामना आ-आफ्नै तरिकाले दिने क्रम जारी छ।

    images
    images
    images


    शुभकामना दिनकै लागि रुरुक्षेत्र गाउँपालिकाका नेकपा एमालेका युवा नेता तथा पार्टी ईन्चार्ज हिमाल श्रेष्ठ भने यतिबेला गाउँमा घर दैलाे मै पुगेका छन् ।

    images
    images
    images


    रुरुक्षेत्र १ काे भट्कुवामा घरघरमै पुगेर शुभकामना साटासाट गरेका श्रेष्ठ मँगलबार रुरुक्षेत्र १ काे च्यूरेकमा घरदैलाेमा व्यस्त रहे ।


    स्थानीय द्वन्द्व पिडित पत्रकार कृष्ण ज्ञवालीलाई भेटेर सहानुभूति प्रकट गरेका श्रेष्ठ भेटघाट र शुभकामना साटासाट च्यूरेकसम्म पुगे । च्युरेकका पुराना कम्युनिस्ट कार्यकर्ता पिताम्बर ज्ञवालीसँग भलाकुसारी गर्नुका साथै च्यूरेकका दर्जनौं घर घरमा पुगेर श्रेष्ठले शूभकामना दिदै गर्दा र जनताका समस्या र गुनासाहरु पनि सुन्न भ्याए श्रेष्ठले ।


    मुख्यतया च्यूरेकि जनताले साल विसाउना देखि सडक स्ताराेन्नति गरिनु पर्ने, बिसौनामा प्राथमिक स्वास्थ केन्द्र राखिनु पर्ने , दाेबाटा नेटाई पाेखरी ठुलापाेखरा सम्मकाे सडक स्ताराेन्नति गर्दै रिँगराेडकाे अबधारणामा विकास गरिनु पर्ने र च्यूरेकलाई रुरुक्षेत्रकाे पर्यटन सँग जाेडिनु पर्ने सुझाव दिएका थिए ।


    मुख्यत सधै भाेट बैँककाे रुपमा च्यूरेकी जनता रहेकाे तर नेताले फर्केर नहेरकाे गुनासाे उठेकाे थियाे । दशैँकाे अवसरमा सबै सँग भेटौँ भलाकुसारी गरौँ र शुभकामना साटासाट पनि गरौँ भनेर गाउँ आएकाे र जनगुनासाहरु पनि सुन्ने मौका पाएकाे श्रेष्ठले बताए ।


    भेटघाट तथा शुभकामना साटसाट कार्यक्रममा नेकपा एमाले रुरुक्षेत्र १ का पार्टी कमिटी सचिव चिरन्जिवि ज्ञवाली लगायतकाे सहभागिता रहेकाे थियाे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।