Logo

२०८३, श्रावण २७गते


images
images

‘संविधान संशोधनमार्फत बजेट ल्याउने मिति सारौँ’

‘संविधान संशोधनमार्फत बजेट ल्याउने मिति सारौँ’

images
  • ‘संविधान संशोधनमार्फत बजेट ल्याउने मिति सारौँ’
    images
    images

    काठमाडौं । नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले जेठ १५ गते ल्याइने बजेटको मिति सार्न प्रश्ताव गरेका छन् । हरेक वर्ष सरकारले बजेट जेठ १५ गते संसदमा प्रश्तुत गर्ने गर्दछ । जेठ १५ गते गणतन्त्र दिवस भएकाले बजेट ल्याइने मिति सार्नुपर्ने निधीको तर्क छ । 

    images
    images
    images

    उनले गणतन्त्र र बजेट दुई वटा शब्दावलीको अन्तरनिहित अर्थ हेर्दा गणतन्त्रको महत्व धेरै हुने उल्लेख गरे । निधीले संविधानमै लेखिएको कारणले बजेट १५ गते नै ल्याउने गरिए पनि संविधान संशोधन गर्दा त्यसमा पनि संशोधन हुनुपर्ने बताए । 

    images
    images
    images

    उनले भने, ‘आज जेठ १ गते हो । जेठ १५ गते आउँदैछ । जेठ १५ गते महत्वपूर्ण दिन हो गणतन्त्र दिवस । अर्को कामकाजी दिवस हो, बजेट ल्याउने । गणतन्त्र र बजेट दुई वटा शब्दावलीको अन्तरनिहित अर्थ हेर्ने हो भने गणतन्त्रको वेटेज धेरै ठूलो हुन्छ । १५ गते बजेट आउने कुरा संविधानमै लेखेको कारणले हो । त्यसोभए संशोधन गरियोस् ।’ सांसद निधीले संसदको विषय भएकाले पनि संसदमा विशेष ध्यान दिनुपर्ने बताए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बजेट
  • # संविधान संशोधन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।