Logo

२०८३, श्रावण २७गते


images
images

काठमाडौंमा कोलिय खोज्दै ड्रिम देवदह

काठमाडौंमा कोलिय खोज्दै ड्रिम देवदह

images
  • काठमाडौंमा कोलिय खोज्दै ड्रिम देवदह
    images
    images

    देवदह । ऐतिहासिक कोलिय राज्यबाट बसाइ सरेर काठमाडौं पुगेका तत्कालीन कोलिय तथा शाक्य वंशीयहरु खोजी भएको छ । २५६९ औं बुद्ध जयन्तीको अवसरमा आइतबार ड्रिम देवदहले काठमाडौंको कोलियग्राम (केलटोल) मा एक कार्यक्रम गरी कोलिय तथा शाक्य वंशीयहरुको खोजी गरेको हो ।  

    images
    images
    images

    काठमाडौंको कोलियग्राममा अन्तरक्रियासहित दीप प्रज्ज्वलन गरेको ड्रिम देवदहको उपत्यका कमिटिले बुद्ध इतिहास र दर्शनका जानकारहरुसंग संवाद गरेको छ । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै बौद्ध धर्मका विद्वान तथा पुर्व मन्त्री डा. केशवमान शाक्यले कोलियग्राममा बस्ने कोलिय र शाक्य वंशहरु देवदहबाट बसाइसराइ गरि आएको बताए । लुम्बिनी विकास कोषका पूर्व उपाध्यक्ष समेत रहेका शाक्यले तत्कालिन समयमा भयानक युद्ध भएको र त्यहाँबाट भागेर ज्यान जोगाउन केही कोलियहरु काठमाडौं आएर बसेको बताए । कोलियहरुको बस्ती भएको हुनाले उक्त ठाउँलाई कोलियग्राम भनिएको उनको भनाइ छ । उनले काठमाडौं मात्र नभएर केहि कोलियाहरु अफगानस्तान लगायतमा देशमा समेत पुगेको बताए । 

    images
    images
    images

    बौद्ध दर्शनका विद्वान तथा लुम्बिनी विश्वविद्यालयका पुर्व उपकुलपति डा. नरेशमान बज्राचार्यले कोलियग्रामको इतिहास कोलिय राज्यसंग जोडिएको बताए । उनले देवदह र काठमाडौंको सम्बन्ध ऐतिहासिक रहेको उल्लेख गर्दै दुई नगर बीच सोही अनुसारको सम्बन्ध बनाएर अघि बढ्नुपर्ने धारणा राखे । "देवदहको इतिहास र त्यहाँ प्राप्त पुरातात्विक बस्तुको अध्ययनले देवदहमा थप अनुसन्धान आवश्यक छ भन्ने देखाउंछ ।" उनले भने, "म विश्वविद्यालयको उपकुलपति हुँदा सोही योजना अनुसार जग्गा व्यवस्थापनको काम सुरु गरेको हुँ । त्यहाँ पढाउनेभन्दा पनि अनुसन्धानलाई नै जोड दिनुपर्छ ।"

    कार्यक्रमको सहजीकरण स्थानीय निलकाजी शाक्यले गरेका थिए । उनले इतिहास खोज्ने कार्यले आफू उत्साहित भएको बताए । पुर्व वडा अध्यक्ष समेत रहेका उनले आफूले पूर्ण रूपले सहयोग गर्ने प्रतिबद्दता जनाए ।

    त्यसैगरी कार्यक्रममा बोल्दै ड्रीम देवदहका केन्द्रिय उपाध्यक्ष सुरेन्द्र न्यौपानेले आफुहरुले तत्कालिन कोलिय वंशको खोजी गरिरहेको बताए । "कोलिय राज्यमा आक्रमण भएपछी ति कोलियहरु कहाँ गए भन्ने हाम्रो खोजको विषय हो ।" उनले भने, "सोही खोजीको क्रममा काठमाडौंमा कोलियाग्राम छ भन्ने जानकारी पाएपछि हामी उत्साहित भयौं ।"

    ड्रीम देवदह यूनिटी फर चेन्जका काठमाडौं उपत्यका अध्यक्ष ज्योति कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव रवि पौडेलले गरेका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ड्रिम देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।