Logo

२०८३, आश्विन १०गते


images
images

ड्रिम देवदह १२ वटै वडामा बिस्तार गरिने

ड्रिम देवदह १२ वटै वडामा बिस्तार गरिने

images
  • ड्रिम देवदह १२ वटै वडामा बिस्तार गरिने
    images
    images

    देवदह । ड्रिम देवदह युनीटी फर चेन्जले देवदहका १२ वटै वडामा अभियन्ताहरु विस्तार गर्ने र वडास्तरीय सञ्जाल बनाउने अभियान शुरु गरेको छ । शुक्रबार देवदह ७ मा रहेको कालिका मन्दीरमा वडा नं ७ का अभियन्ताहरुको भेलामा धारणा राख्दै अभियान संयोजक सिद्धिचरण भटराईले उक्त अभियान शुरु गरेका हुन । 

    images
    images
    images

    वडा नं ७ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीको आतिथ्यतामा सम्पन्न भेलाले तेजु अर्यालको संयोजकत्वामा २५ सदस्यीय वडा अभियन्ता समुह बनाएको हो । भेलाको सहसंयोजक दिलकुमार विक रहेका छन । अभियानका सदस्यहरुमा शंकर अधिकारी, शिशिर भटराई, अभिषेक आचार्य, सचिन शर्मा, अभिशेक थापा, एशिका मण्डल, मिलन विक, पुजा अधिकारी, मुना देवकोटा, दिपक चापागाई लगायत रहेका छन । 

    images
    images
    images

    अभियन्ता भटराईका अनुसार यो सिर्जनात्मक क्रियाशिलताको अभियान हो यो अभियानले हरेक वडामा देवदहलाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा पहिचान गराउन जागरण, साझेदारी र खबरदारीको भुमिकामा रहेर अभियान चलाउँछ ।

    images
    images
    images

     विगतमा पार्क सम्मेलन, पार्कमा कला अभियान मार्फत काष्ठकला र मुर्तिकला राष्ट्रिय कार्यशाला, परम्परागत मेला प्रबद्र्धन, पर्यटन सूचना केन्द्र स्थापन, फोटो प्रदर्शनी , देवदह माटो परिक्षण अभियानहरु सञ्चालन गर्दै आएको छ ।
    भेलाको सञ्चालन सचिव दिपेश बस्यालले गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ड्रिम देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।