काठमाडौँ । ड्रिम देवदह युनीटी फर चेन्जको काठमाण्डौ उपत्यकास्थित सदस्यहरुको भेलाले ज्योति कण्डेलको अध्यक्षतामा उपत्यका समिती गठन गरेको छ । जसको सचिवमा रवि पौडेल, सह सचिव लेखनाथ सापकोटा, कोषाध्यक्ष प्रमोद ज्ञवाली रहेका छन ।
सदस्यहरुमा सरोज यादव, ज्ञानेन्द्र न्यौपाने, अर्जुन चापागाई, सुजन ढुंगाना, यज्ञ प्रसाद गैरे, छवि न्यौपाने र थानेश्वर लम्साल रहेको जनाइएको छ ।
त्यसैगरी समितिको सल्लाहकारमा डा. मिना पौडेल, दण्डपाणी भटराई र शोभा पाण्डे चयन भएका छन ।
भेलाको संयोजन ड्रिम देवदह युनीटी फर चेन्जका उपााध्यक्ष सुरेन्द्र न्यौपाने र सदस्य चन्द्र पुरीले गरेका थिए । भेलाले संस्थाको सदस्यता नविकरण र वितरण गर्ने, बनभोज कार्यक्रमको आयोजना गर्ने र काठमाण्डौबाट देवदहको विकासमा आवश्यक संयोजन र सम्पर्क स्थापित गर्ने लगायतका निर्णय गरेको छ ।
०७२ सालमा स्थापित ड्रिम देवदहले देवदहको पर्यटन विकासका साथै समाजका विविध क्षेत्रमा सामाजिक गतिविधी सञ्चालन गर्दै आएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology