Logo

२०८३, श्रावण २७गते


images
images

ओली प्रचण्ड भेट

प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल

प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल

images
  • प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल
    images
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्माओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आईतवार भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी भेटको विषय संक्रमणकालीन न्याय र समसामयिक राजनीति रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    images
    images
    images

    छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल र माओवादी केन्द्रका महासचिव वर्षमान पुन समेत सहभागी छन् । माओवादी अध्यक्ष प्रचण्डसँग छलफल गर्नुअघि आइतवार द्वन्द्वप्रभावित विभिन्न संस्थाका प्रतिनिधिले प्रधानमन्त्री ओलीसँग भेट गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन् ।

    images
    images
    images

    सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगका पदाधिकारी सिफारिस प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउन उनीहरूले प्रधानमन्त्री ओलीसँग माग गरेका थिए । प्रधानमन्त्री ओलीसँगको भेटमा द्वन्द्वप्रभावितहरुकी नेतृ देवी खड्का सहित प्रतिनिधिले सिफारिस समितिले आफूहरूसँग परामर्श नगरेको र विश्वासिलो वातावरण नबनेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • # ओली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।