Logo

२०८३, श्रावण ३०गते


images
images

एनआरएनए

एनआरएनएभित्र राजनीति नगरिदिनुस्  : परराष्ट्रमन्त्री राणा

एनआरएनएभित्र राजनीति नगरिदिनुस्  : परराष्ट्रमन्त्री राणा

images
  • एनआरएनएभित्र राजनीति नगरिदिनुस्  : परराष्ट्रमन्त्री राणा
    images
    images

    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र राजनीति नगर्न आग्रह गरेकी छन् । शनिवार काठमाडौंमा गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेकी हुन् । 

    images
    images
    images

    परराष्ट्रमन्त्री राणाले राजनीति गर्ने ठाउँ फरक रहेको भन्दै एनआरएनए संस्था राजनीति गर्ने ठाउँ नभएको उल्लेख गरिन् । उनले एनआरएनएमा रहेर देश समृद्ध बनाउन सहयोग गर्नुपर्ने बताइन् । राजनीति गर्नेलाई समृद्धि कसरी ल्याउन सकिन्छ ? भन्नेकुरा राम्रोसँग जानकारी नहुने भन्दै उनले विदेशमा देखेका र भोगेका कुरालाई नेपालमा आएर परिणाम दिन सकिने बताइन् । 

    images
    images
    images

    ‘यहाँ आएर राजनीति नगरिदिनुस् । यहाँ आएर देशलाई समृद्ध बनाउन तपाईंहरुले सहयोग गरिदिनुस् । हामी राजनीति गर्नेलाई त्यत्ति धेरै समृद्धि कसरी गर्ने भनेर थाहा छैन ।’ उनले भनिन्, ‘तपाईंहरु त कहीँ लेभर गरेर पनि गर्नुभएको छ । एउटै जेनेरेशनभित्र तपाईंहरुले कति ठूलो फड्को मारेर आफ्नो सन्तान, समाज, गाउँ, समुदायलाई अगाडि बढाउनुभएको छ ।’

    images
    images
    images

    परराष्ट्रमन्त्री डा. राणाले गैरआवासीय नेपालीहरु आफ्नो परिवार, समाज, गाउँ र समुदाय विकास गर्ने महत्वपूर्ण माध्यम रहेको उल्लेख गरिन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनआरएनए
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।