Logo

२०८३, आश्विन ९गते


images
images

आन्तरिक पर्यटन

आन्तरिक पर्यटक लाेभ्याउँदै छत्रकाेट देवालय क्षेत्र 

आन्तरिक पर्यटक लाेभ्याउँदै छत्रकाेट देवालय क्षेत्र 

images
  • सेतोमसी सहकर्मी
  • आन्तरिक पर्यटक लाेभ्याउँदै छत्रकाेट देवालय क्षेत्र 
    images
    images

    कृष्ण अन्जान, छत्रकाेट । तानसेन-रिडी-तम्घास माेटर बाटाेकाे नजिकै फराकिलाे ठाउँ । गुल्मी अर्घाखाँची, पाल्पा र बाग्लुङका डाँडा काँडाकाे दृष्यावलाेकन समेत गर्न पाउँदा मन प्रफुल्ल हुन्छ ।अझै त्यसै माथि छत्रकाेट देवालयकाे दर्शनले मनाेकाँक्षा पूरा हुन्छ ।

    images
    images
    images


    पछिल्लो चरणमा चाेएगाकाे छत्रकाेट देविस्थानलाइ आन्तरिक पर्यटकहरुलाइ तान्ने गरि विकास गरिँदै छ । सम्माे रमणीय र धार्मिक परिवेश लिएकाे चाेएगाकाे याे ठाउँ घुम्न देविकाे दर्शन गर्न र  बनभाेज खान आउँनेकाे  घुँइचाे लाग्ने गरेकाे छ ।

    images
    images
    images


    "विदाकाे दिन त खुट्टाे राख्ने ठाउँ हुँदैन बनभाेज  खान आउने धेरै समूह हुन्छन" छत्रकाेट देवालय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्ण थापा भन्छन् ।

    images
    images
    images


    हुन पनि वरिपरि सल्लाका रुखहरुले रमणिय बनाएकाे त छ नै सँगै रहेकाे ठुलाे चौरमा बनभाेजका लागि जतिपनि ठाउँ छ र पानीकाे ओतका लागि चौेरमै टहराे समेत बनाइएकाे छ ।
    बनभाेजका लागि आउनेहरुलाइ दाउरा पानी र भाँडाकुँडाकाे व्यवस्था छत्रकाेट देवालय मन्दिरले व्यवस्था गरेकाे छ ।


    बनभाेजमा आउँने समुहसँग प्रति समूह ३ हजार ५ सय लिएर दाउरा भाँडा कुँडा पानी उपलब्ध गराउँछौ भने फाेहाेर व्यवस्थापनजाे खर्च पनि यहि रकमबाट हुने गरेकाे देवालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण थापाकाे भनाइ छ ।


    तर दाउरा भाँडाकुँडा आफै ल्याउनेहरुका लागि भने लाग्ने शुल्कमा साेहि अनुसार घटाएर लिने गरेकाे थापाले बताए । यहि बनभाेजबाट उठ्ने रकम र मन्दिरको भेटिले मन्दिरकाे पुनर्संरचनासँगै दैनिक पुजा आजा भइरहेकाे छ ।


    मन्दिर परिशरमा लुम्बिनी प्रदेशका सासँद कमलराज श्रेष्ठको पहलमा पौवा र मन्दिर व्यवस्थापन समितिकाे कार्यालय निर्माणकाे काम सम्पन्न भएकाे छ ।


    छत्रकाेट देवालय मन्दिर परिशरमा क्षेत्र, राधाकृष्ण, पाँच पाण्डव, दुर्गा मन्दिर, गणेश मन्दिर रहेका छन ।


    प्रसिद्ध छत्रदेवालय क्षेत्रमा देव देविकाे दर्शन, भाकल चढाउन र बलि दिन समेत धर्मावलम्वि आउने गर्दछन ।


    दशैँमा घटस्थापनाका दिन देखि भक्तजनकाे घुँईचाे लाग्छ यहाँ । काेजाग्रत पुृर्णिमाकाे सराएँ नाच त नेपाल अधिराज्यकै प्रख्यात मानिन्छ ।


    एकातिर देव देविकाे दर्शन र अर्काे तिर बनभाेजकाे कार्यक्रम सहित गुल्मीका ग्रामीण र बजार क्षेत्रमात्र हाेइन बुटवल र पाल्पाबाट यहाँ दर्शनार्थी र बनभाेज समुह आउने गरेकाे पाइन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • # छत्रकाेट
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।