देवदह । पश्चिम नवलपरासीको सुनवलमा बिहिवार विहान भएको आगलागीबाट १० कठ्ठा क्षेत्रफलमा लगाइएको उँखुबाली जलेर नष्ट भएको छ । बिहिवार बिहान सुनवल नगरपालिका–२ रजहवा स्थित प्रल्हाद पासीको १० कठ्ठा क्षेत्रफलमा लगाइएको उखु आगलागीका कारण जलेर नष्ट भएको हो ।
स्थानीय श्याम बहादुर भण्डारीले आफ्नो खेतमा भएको गहुँको खुटी नष्ट गर्न लगाएको आगो हावाले उडाएर पासिको उँखुबारीमा पु¥याएपछि आगो अनियन्त्रीत भएको इलाका प्रहरी कार्यलय सुनवलका प्रहरी निरीक्षक सन्तोष पौडेलले जानकारी दिए ।
सुनवल नगरपालिकामा दमकल नभएकाले छिमेकी रामग्राम नगरपालिकाबाट आएको दमकल, प्रहरी टोलि र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक पौडेलले बताए । आगलागी भएको खबर पाउना साथ आफुहरु त्यहाँ पुगेको र दमकल र स्थानीयको सहयोगमा आगो तत्काल नियन्त्रणमा लिईएकाले थप क्षति हुनबाट जोगिएको प्रहरी निरिक्षक पौडेलले जाकारी दिए ।
केही दिन अघि मात्रै दुई वटा स्कार्पियो गाडी खरिद गरेर आलोचित बनेको सुनवलमा भन्सारमा रोकिएको दाबी गरिएको दमकल अझै आइपुगेको छैन । दमकल अभावमा सो क्षेत्रमा हुने आगलागीका घटनाबाट ठुलो क्षती हुँदै आएको स्थानीयले गुनासो गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology