Logo

२०८३, आश्विन ९गते


images
images

मौसम

चार प्रदेशमा वर्षा, उच्च भूभागमा हिमपातको जोखिम

चार प्रदेशमा वर्षा, उच्च भूभागमा हिमपातको जोखिम

images
  • चार प्रदेशमा वर्षा, उच्च भूभागमा हिमपातको जोखिम
    फाइल फोटो
    images
    images

    काठमाडौं । देशमा अहिले स्थानीय वायु, पश्चिमी वायुप्रवाह र बिहार आसपास सक्रिय न्यून चापीय रेखाको संयुक्त प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यो प्रणालीका कारण विशेषगरी पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली देखिएको छ भने तराईका अधिकांश क्षेत्र सफा छन् ।

    images
    images
    images

    कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा बिहानैदेखि चट्याङ्गसहित हल्का वर्षा भइरहेको जनाइएको छ ।

    images
    images
    images

    दिउँसो कोशी प्रदेशसहित देशका अधिकांश पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा थोरै स्थानमा तथा अन्य केही भूभागमा समेत चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको प्रक्षेपण छ ।

    images
    images
    images

    उच्च पहाडी र हिमाली क्षेत्रमा आज हल्का हिमपात पनि हुन सक्ने भएकाले सतर्क रहन भनिएको छ ।

    आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी प्रदेशका थोरै स्थानहरूमा, गण्डकी र कर्णाली प्रदेशका एक–दुई पहाडी स्थानमा चट्याङ्गसहित वर्षा हुनसक्ने अनुमान गरिएको छ ।

    साथै, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा हिमपातको सम्भावना कायमै रहेको मौसमविद्‌हरूको भनाइ छ ।

    महाशाखाले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावनालाई ध्यानमा राख्दै कृषक, यात्रु, हवाई उडान गर्ने निकाय र सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।