Logo

२०८३, आश्विन ९गते


images
images

मौसम प्रतिकुल भएपछि मनास्लु आरोहणबाट फर्किन थाले आरोही

मौसम प्रतिकुल भएपछि मनास्लु आरोहणबाट फर्किन थाले आरोही

images
  • मौसम प्रतिकुल भएपछि मनास्लु आरोहणबाट फर्किन थाले आरोही
    images
    images

    गोरखा । मौसमले साथ नदिएपछि मनास्लुका आरोहीहरू धमाधम घर फर्किन थालेका छन् । निरन्तर बर्षा र हिमपातका कारण हिमाल चढ्न प्रतिकूल भएपछि आरोहीहरू हिमालै नचढी धमाधम फर्किन थालेका हुन् ।

    images
    images
    images

    अहिले मनास्लु आधार शिविरमा अविरल वर्षात र हिमपात भइरहेको छ भने विभिन्न शिविरहरूमा  हिमपात भइरहेको छ । पाँच फिटभन्दा बाक्लो हिउँ थपिएको आरोहण दलका सहयोगीहरूले बताएका छन् ।

    images
    images
    images

    आरोहण दलका मिगमार शेर्पाले सामाजिक सञ्जालमा लेखेका छन्- 'प्रतिकूल मौसम र लगातारको हिमपातका कारण यसपटकको मनास्लु हिमाल आरोहण अभियानलाई यहीँबाट स्थगित गर्नुपरेको छ । शिखर चुम्ने सपना अधुरै रहे पनि सुरक्षित फर्किनु नै पहिलो प्राथमिकता हो । हिमाल सधैं त्यहीँ रहन्छ, अर्को अवसर फेरि आउनेछ । मनस्लु, अर्को भेटसम्म ।'

    images
    images
    images

    अर्कोतर्फ मौसम पूर्वानुमान महाशाखाले पनि असोज १२ गतेसम्म सतर्क रहन चेतावनी जारी गरेपछि आरोहीहरु फर्किन लागेको बताइएको छ ।

    पर्यटन विभागका अनुसार अहिलेसम्म मनास्लु आरोहणका लागि विभिन्न ४१ समुहका ३६६ पुरुष र १२७ महिला गरि कुल ४९३ जनाले अनुमति लिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।