Logo

२०८३, आश्विन ९गते


images
images

मनास्लु आरोहणका लागि ४८० जनाले लिए अनुमति

मनास्लु आरोहणका लागि ४८० जनाले लिए अनुमति

images
  • मनास्लु आरोहणका लागि ४८० जनाले लिए अनुमति
    images
    images

    काठमाडौं । सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ५० टोलीका ५३९ जनाले आरोहण अनुमति लिएका छन् ।

    images
    images
    images

    पर्यटन विभागका अनुसार हिमाल आरोहण अनुमतिबापत १४ लाख ८० हजार ९४३ अमेरिकी डलर अर्थात् २२ करोड ५० लाख ७२ हजार ३३२ रुपैयाँ रोयल्टी संकलन भएको छ । आरोहण अनुमति लिनेमा ४०१ जना पुरुष र १३८ जना महिला रहेका छन् ।

    images
    images
    images

    सबैभन्दा धेरै आरोही मनास्लु हिमालका लागि रहेका छन् । मनास्लु आरोहणका लागि ४० टोलीका ४८० जनाले अनुमति लिएका छन् । तीमध्ये ३५४ जना पुरुष र १२६ जना महिला छन् । मनास्लुबाट मात्रै १४ लाख ४० हजार अमेरिकी डलर अर्थात् २१ करोड ८८ लाख ४३ हजार २८९ रुपैयाँ रोयल्टी संकलन भएको छ ।

    images
    images
    images

    त्यस्तै, मकालु हिमाल आरोहणका लागि एक टोलीका तीन जनाले अनुमति लिएका छन् । त्यसबाट ४ हजार ५०० अमेरिकी डलर रोयल्टी संकलन भएको छ । त्यस्तै डाङ्गा हिमाल आरोहणका लागि दुई टोलीका १६ जनाले अनुमति लिएका छन् भने धौलागिरि प्रथम आरोहणका लागि दुई टोलीका १९ जनाले अनुमति लिएको विभागले जानकारी दिएको छ ।

    त्यसैगरी,  गङ्गापूर्ण पश्चिम आरोहणका लागि एक टोलीका दुई जना, थोराङ पिकका लागि एक टोलीका सात जना, नोर्बु खाङका लागि एक टोलीका दुई जनाले, अन्नपूर्ण चौथोका लागि एक टोलीका चार जना र चाम्लाङ आरोहणका लागि एक टोलीका छ जनाले अनुमति लिएको विभागले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।