धकधई, । ६६ औं प्रहरी दिवस २०७८ असोज १८ गते अवसर मा अन्तर्गत धकधई ईलाका प्रहरी कार्यलय धकधई सामुदायिक समाज सेवा केन्द्र सामुदायिक प्रहरी केन्द्रको संयुक्तमा धकधई बजार चोकमा मास्क वितरण तथा ईलाका प्रहरी परिसर भित्र वृक्षा रोपण कार्यक्रम सम्पन्न भएको छ ।
टिक (सहदवन ) कल्की कापुर जातका बिरुवाहरु रोपिएको इलाका प्रहरी कार्यलयले जनाएको छ। कार्यक्रममा रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले दिवसको अवसरमा शुभकामना आदानप्रदान दिएका थिए ।
दिवसका अवसरमा रोहिणी गाउँ पालिका वडा नम्बर ३ का वडाध्यक्ष विर बहादुर क्षेत्री धकधई सामुदायिक अध्यक्ष जय प्रकाश यादव प्रहरी प्रमुख हरि नारायण श्रेष्ठ धकधई ट्राफिक प्रमुख राज कुमार चापागाईं प्रहरी हवल्दार मुक्ति यादव सामुदायिक उपाध्यक्ष प्रेम सागर शुक्ला कोइल देवन सचिव पंजावी यादव शर्व चौधरी लगायतका उपस्थित रहेको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology