Logo

२०८३, कार्तिक २५गते


images
images

आगलागी

देवदह खानेपानीको कम्पाउन्डमा आगलागी, ६ किलोमीटर पाइप जलेर नष्ट

देवदह खानेपानीको कम्पाउन्डमा आगलागी, ६ किलोमीटर पाइप जलेर नष्ट

images
  • देवदह खानेपानीको कम्पाउन्डमा आगलागी, ६ किलोमीटर पाइप जलेर नष्ट
    images

    देवदह । रुपन्देहीको देवदहमा खानेपानीको पाइपमा आगलागी भएको छ। वडा नं ७ सावित्री टोलमा रहेको देवदह खानेपानीको बोरिङ रहेको कम्पाउन्डमा आगलागी हुँदा १० लाख बराबरको क्षति भएको प्रहरी चौकी खैरेनीले जनाएको छ।

    images
    images
    images

    शनिबार दिउँसो करिब ३:४० बजे फोहोर जलाउने क्रममा हावाको कारणले आगो अनियन्त्रित हुँदै खानेपानीका पाइपमा पुगेको प्रहरी चौकी खैरेनीका इन्चार्ज एक्कबहादुर नेपालीले जानकारी दिए । प्रहरीका अनुसार आगलागीका कारण ६३ एमएमको ३,९०० मिटर, ६६ एमएमको १,९०० मिटर, ११० एमएमको १,१०० मिटर, १२५ एमएमको ५०० मिटर र २०० एमएमको ३०० मिटर कालो प्लास्टिक पाइप जलेर नष्ट भएका छन्।

    images
    images
    images

    आगलागी नियन्त्रण गर्न प्रहरी चौकी खैरेनीबाट प्रहरी निरीक्षक नगेन्द्र बहादुर क्षेत्रीको नेतृत्वमा पाँचजनाको टोली घटनास्थलमा खटिएको थियो। स्थानीयबासी, प्रहरी र देवदह नगरपालिकाको दमकलको सहायतामा बेलुका ४:१५ बजेसम्म आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

    images
    images
    आगलागी.jpeg

    घटनाबारे सेतोमसीसंग कुरा गर्दै देवदह खानेपानीका अध्यक्ष गुमानसिं कुँवरले आयोजनाका लागि खरिद गरिएको ६ किलोमिटर पाइप जलेर नष्ट भएको बताए । "झाडीमा रहेको फोहोर जलाउदा खानेपानीको पाइपमा आगो सल्किएर क्षति भएको छ ।" उनले भने, "केही भाग प्रयोग गर्न मिल्ने देखिए पनि अधिकांश भाग जलेको छ ।"

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आगलागी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।