Logo

२०८३, श्रावण २७गते


images
images

‘मानव जीवनका लागि वन डढेलो घातक : सवै मिलेर नियन्त्रण गरौं’

‘मानव जीवनका लागि वन डढेलो घातक : सवै मिलेर नियन्त्रण गरौं’

images
  • ‘मानव जीवनका लागि वन डढेलो घातक : सवै मिलेर नियन्त्रण गरौं’
    images
    images

    देवदह । देवदह नगरपालिकाका कार्यवाहक नगर प्रमुख बिद्यालक्ष्मी गुरुङ्गले वन डढेलो मानव जीवनको लागि घातक हुने बताएकी छन् । वन डढेलोका कारण आर्थिक, भौतिक र सामाजिक क्षतीसँगै पारिस्थितिक प्रणालीमा समेत असर पुग्ने गुरुङ्गले बताइन् ।

    images
    images
    images

    गाउँ वन समन्वय सञ्जाल रुपन्देहीले देवदहमा आयोजना गरेको वन डढेलो सप्ताह २०८१ को सचेतना कार्यक्रम अन्तर्गत पहिलो चरणको सचेतना र्याली समापनको अवसरमा उनले आगलागी २ कारणले हुने बताईन् । वनमा आगो प्राकृतिक र मानविय गरि दुई किसिमबाट लाग्ने बताउँदै कार्यवाहक नगर प्रमुख गुरुङ्गले ९९ प्रतिशत आगलागी मानविय कारणले हुने दावी गरिन् । एक प्रतिशत मात्र आगो प्राकृतिक कारणले लाग्ने बताउँदै उनले वन डढेलो नियन्त्रण गर्नु सामाजिक दायित्व भएकाले सबैको समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिइन् ।

    images
    images
    images

    हरेक वर्ष सावधानिका वावजुद वनमा डढेलो लाग्ने गरेको बताउँदै देवदहका सामुदायिक र साझेदारी गरी २६ वटा वनहरुले आगलागी नियन्त्रणको लागि गरेको प्रयासको उनले सरहाना गरिन् । देवदह वन क्षेत्रको हिसावले धनी नगर भएको वताउँदै उनले कृषि र पर्यटनलाई नगरले आर्थिक समृद्धिको आधार मानेको उल्लेख गरिन् । देवदहका सामुदायिक वनहरुले नगरभित्र पर्यटक भित्राउनका लागि महत्वपूर्ण भुमिका खेलेको भन्दै उनले आफुहरुले त्यसको प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।  

    images
    images
    images

    कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय रुपन्देहिका प्रमुख प्रविन बिडारीले वन डढेलो विश्वकै टाउको दुखाई बनिरहेको उल्लेख गर्दै नेपाल जस्तो गरिव देशमा यसले थप समस्या निम्त्याउने बताए ।  वन डढेलोका कारण विश्वमा करिव ६ खर्व वार्षिक नोक्सानी हुने गरेको उल्लेख गर्दै उनले सामुहिक प्रतिवद्धता विना नेपाल जस्तो गरिव देशले डढेलो नियन्त्रण कार्यलाई प्रभावकारी वनाउन नसक्ने दावी गरे ।

    ‘सम्पूर्ण नागरिकले प्राकृतिक सम्पत्तिको रुपमा वनलाई लिने र यसलाई जोगाउने कर्तव्य समेत हामी सबैको हो भनेर बुझ्न जरुरी छ ।’ प्रमुख बिडारीले भने, ‘एउटा सामुदायिक वनको अध्यक्ष, अमुख कर्मचारी अथवा स्थानीय निकायको जनप्रतिनिधिको अग्रसरतामा मात्र डढेलो नियन्त्रण सम्भव छैन ।’

    b.JPG

    कार्यक्रममा डिभिजन बन कार्यालय रुपन्देहिका वरिष्ठ वन अधिकृत दिपक केसी, देवदह आदर्श बहुमु्खी क्याम्पसका प्रमुख जयकिशन अधिकारी लगाएतले बोल्दै वन डढेलोका कारण बर्षेनि पानीका मुहान सुक्दै गएको र वातावरण थप प्रदुषित बन्दै गएको उल्लेख गरे । उनीहरुले आगलागी मानविय क्रियाकलाप र लापरवाहीका कारण हुनेहुँदा त्यस प्रति सचेत रहन सबैलाई आग्रह गरे ।
    गाउँ वन समन्वय सञ्जाल देवदहको आयोजना र डिभिजन वन कार्यालय रुपन्देही, देवदह नगरपालिका वडा नम्बर ६ र रुपन्देही जिल्ला अन्तर्गतका सञ्जालमा आवद्ध वनहरुको सह आयोजनामा कार्यक्रम भएको हो ।

    c.JPG

    सञ्जालका अध्यक्ष खेमनारायण अधिकारीको अध्यक्षता उपाध्यक्ष रुका सापकोटाको स्वागत र सचिव टेकवहादुर रानाको सञ्चालनमा भएको समापन कार्यक्रमअघि निकालिएको सचेतना र्यालीमा विभिन्न सामुदायिक वन तथा संघसंस्थाका प्रतिनिधि, महिला समुह, सञ्चारकर्मी तथा कलेजमा अध्ययनरत विद्यार्थीहरु व्यानर र प्लेकार्ड सहित उपस्थित थिए । सचेतना र्याली सितलनगर सव डिभिजन वन कार्यालयबाट सुरु भई स्मृति सामुदायिक वन, शिवालय सामुदायिक वन हुँदै बुद्ध सामुदायिक वनमा पुगेर सभामा परिणत भएको थियो ।

    d.JPG

    सचेतना कार्यक्रम अन्तर्गत दोश्रो चरणको कार्यक्रम चैत ९ गते गरिने आयोजकले जनाएको छ । सोहि दिन देवदह ६ सरनकालिका सामुदायिक वनबाट सचेतना र्याली निकालिने र उक्त र्यालि प्रगति सामुदायिक वन हुँदै बुद्धनगर सामुदायिक वन देवदह ९ मा पुगेर समापन हुने सञ्जालका सचिव रानाले जानकारी दिए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।