Logo

२०८३, श्रावण २७गते


images
images

वन डढेलो नियन्त्रण

वन डढेलो नियन्त्रणका लागि देवदहमा सप्ताहव्यापी कार्यक्रम

वन डढेलो नियन्त्रणका लागि देवदहमा सप्ताहव्यापी कार्यक्रम

images
  • वन डढेलो नियन्त्रणका लागि देवदहमा सप्ताहव्यापी कार्यक्रम
    images
    images

    देवदह । मानवीय असावधानिका कारण नेपालमा अधिकांस वन डढेलोका घटना हुनेगरेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । गाउँ वन समन्वय सञ्जाल देवदह रुपन्देही र डिभिजन वन कार्यालय रुपन्देहीको संयुक्त आयोजनामा देवदहमा आयोजित वन डढेलो नियन्त्रण सप्ताह कार्यक्रम सुभारभ्वको अवसरमा बोल्दै उनीहरुले वन डढेलो नियन्त्रणको लागि सामुहिक प्रयास र सहकार्य आवश्यक रहेको बताए ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय रुपन्देहीका वरिष्ठ वन अधिकृत उमेश शाहले पछिल्ला दिनमा सामुदायिक वनको मुख्य चुनौती आगलागी हुनेगरेको बताए । उनले काठ दाउरा र वनको हैसियत सुधार्नको लागि पनि डढेलो नियन्त्रण आवश्यक रहेको उल्लेख गरे । 

    images
    images
    images

    अधिकृत शाहले नेपालमा प्राकृतिक कारणबाट ५ प्रतिशत र मानवीय कारणबाट ९५ प्रतिशत आगलागी हुनेगरेको भन्दै यसलाई नियन्त्रण गर्न सबैले आफ्नो आनिबानी र व्यवहारलाइ परिवर्तन गर्न आवश्यक रहेको बताए ।

    images
    images
    images

    समुदाय आगलागी, त्यसबाट हुने समस्या र क्षतिबारे जानकार हुनुपर्ने बताउँदै उनले समुदायले जिम्मेवारी बहन गरेको खण्डमा मात्र वन डढेलो नियन्त्रण सम्भव रहेको धारणा राखे ।  

    कार्यक्रममा देवदह आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष बासुदेव रिमाल, क्याम्पस प्रमुख जयकिसन अधिकारी, स्मृति सामुदायिक वनका सचिव सुशिला भट्टराई, कोलिय वचत तथा ऋण सहकारी सस्थाका अध्यक्षा ऋषिराम सापकोटा लगाएतले बोल्दै प्रकृतिको संरक्षण र दिगोपनको लागि समेत डढेलो नियन्त्रण आवश्यक रहेको बताए ।

    उद्घाटन कार्यक्रम अघि सञ्जालले जनप्रिय सामुदायिक वन क्षेत्रमा सम्भावित आगलागी र त्यसको नियन्त्रणका लागि गरिने उपाएहरु बारे विभिन्न वनका पदाधिकारी, उपभोक्ता तथा सञ्चारकर्मीहरुलाई जानकारी गराएको थियो । 

    IMG_8841 (1) (1) (1) (1).jpg

    यो वर्ष र्याली लगाएतका कार्यक्रमहरु नगर्ने निर्णय गरेको सञ्जालले सार्वजनिक सूचना, जिंगल, मिडिया तथा सामाजिक सञ्जालको प्रयोगबाट डढेलो नियन्त्रणका सामग्रिहरु प्रचारप्रसारको रुपमा प्रवाह गर्ने सञ्जालका उपाध्यक्ष तेजबहादुर कुँवर क्षेत्रीले जानकारी दिए ।

    ‘वन डढेलो रोकथाम हाम्रो अभियान, रुपन्देहीलाई वन डढेलो मुक्त क्षेत्रको रुपमा विकास गरौं’ भन्ने नारा सहित आइतवारबाट सुरु भएको सप्ताहव्यापी कार्यक्रम चैत्र ७ गतेसम्म सञ्चालन हुनेछ । सोमवार देवदह ९ स्थित प्रगति सामुदायिक वन, मंगलवार शिवालय सामुदायिक वन, बुधवार स्मृति सामुदायिक वन, बिहिवार मिलन सामुदायिक वन, शुक्रवार सरनकालीका सामुदायिक वन र सनिवार बुद्ध सामुदायिक बन देवदहमा कार्यक्रम गरि सप्ताहव्यापी कार्यक्रम समापन गरिने सञ्जालले जनाएको छ ।

    सञ्जालका अध्यक्ष खेमनारायण अधिकारीको अध्यक्षता, जनप्रिय सामुदायिक वन उपभोक्ता समूहका कार्यवाहक अध्यक्ष टेकबहादुर विश्वकर्माको स्वागत र सञ्जालका सचिव टेकबहादुर रानाको सञ्चालनमा कार्यक्रम भएको हो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वन डढेलो
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।