Logo

२०८३, श्रावण २७गते


images
images

वातावरण

वन डढेलो नियन्त्रणका लागि अत्याधुनिक उपकरण र जनशक्तिको अभाव छ : मन्त्री ठकुरी

वन डढेलो नियन्त्रणका लागि अत्याधुनिक उपकरण र जनशक्तिको अभाव छ : मन्त्री ठकुरी

images
  • वन डढेलो नियन्त्रणका लागि अत्याधुनिक उपकरण र जनशक्तिको अभाव छ : मन्त्री ठकुरी
    images
    images

    काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि अत्याधुनिक उपकरण र जनशक्तिको अभाव रहेको बताएका छन् ।

    images
    images
    images

    नेपालमा आगलागी जोखिम न्युनिकरण तथा विद्युतीय सुरक्षासम्बन्धी नविनतम प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्यसहित आईतवारदेखि काठमाडौंमा शुरु भएको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री ठकुरीले वन डढेलो नियन्त्रणका लागि सकारसँग दमकल बाहेक अन्य कुनै विकल्प नरहेको बताए ।

    images
    images
    images

    उनले सरकारले वन डढेलोलाई गम्भिरताका साथ लिएर विभिन्न विकल्पहरुबारे सोचिरहेको पनि उल्लेख गरे । वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि राज्यका सबै संयन्त्रहरु परिचालन भएको उनको भनाई छ । मन्त्री ठकुरीले जटिल भू बनावटका कारण वन डढेलो नियन्त्रणका लागि सरकारको एकल प्रयासले सम्भव नहुने भन्दै सरोकारवाला सबैको सहकार्य र समन्वय आवश्यक रहेको औंल्याए । 

    images
    images
    images

    उपकरण र दक्ष जनशक्तिको अभावका कारण नेपालमा वन डढेलोले ठूलो जनधनको क्षति हुने गरेको उल्लेख गर्दै उनले यस सम्बन्धमा सबै सचेत हुन जरुरी रहेको बताए । सोमवारसम्म सञ्चालन हुने सम्मेलनमा विभिन्न १४ राष्ट्रका विज्ञहरुले आआफ्नो कार्यपत्र प्रश्तुत गर्नेछन् । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वन डढेलो
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।