Logo

२०८३, आश्विन ९गते


images
images

रुरुमा सुरु भयो गौ-सेवा आश्रम, गाईगाेरुलाई दानाकाे जाेहाे गर्दै सप्तचण्डी महिला समूह  

रुरुमा सुरु भयो गौ-सेवा आश्रम, गाईगाेरुलाई दानाकाे जाेहाे गर्दै सप्तचण्डी महिला समूह  

images
  • रुरुमा सुरु भयो गौ-सेवा आश्रम, गाईगाेरुलाई दानाकाे जाेहाे गर्दै सप्तचण्डी महिला समूह  
    images
    images

     

    images
    images
    images


    कृष्ण अन्जान, गुल्मी । नेपालकै पवित्र धार्मिक क्षेत्र रुरुधाममा फेरि अर्काे आकर्षण थपिएकाे छ त्याे हाे रुरु गौसेवा आश्रम ।

    images
    images
    images


    यहि गौ सेवा आश्रममा यतिवेला करिव सत्तरी भन्दा गाईले आश्रय लिएका छन र रिडीबजारमा गाईकाे आतँककाे अन्त्य भएकाे छ ।  रिडीबजार करिब छाडा गाई गाेरु मुक्त क्षेत्र बनेकाे छ ।

    images
    images
    images


    गाई सँरक्षणमा रुरु गौसेवा आश्रमले आफ्नाे अभियान थालेपछि रुरुक्षेत्रवासिहरुले पनि गाई सँरक्षण अभियानमा आफ्नाे सहयोगका हातहरु अगाडि बढाएका छन ।


    सँरक्षित गाईगाेरुका लागि घाँस परालकाे व्यवस्थापनमा खटिई रहेकाे रुरु गौसेवा आश्रमलाई सहयोग गर्न यतिवेला रिडी बजारको सप्तचण्डि महिला समुहले आफुलाई कृयाशिल बनाएकाे छ ।


    गाई गाेरुकाे सँरक्षणका लागि स्थापना गरिएकाे रुरु गौ सेवा आश्रम रुरुधामकाे गौरव हाे । यसलाई सहयाेग गर्नु हाम्राे दायित्व पनि भएकाले बजार क्षेत्रमा हामिले मुठिदानकाे माध्यमबाट सहयाेग सँकलन गरेका छौँ ।  त्याे सहयाेगकाे पहिलाे चरणमा हामिले सँकलित १८ हजार रुरु गौ सेवा आश्रमलाई हस्तान्तरण गरि सकेका छौँ सप्तचण्डी महिला समुहकि अध्यक्ष धना रानाले बताईन् ।


    रिडीबजारमा छाडा गाई गाेरुकाे आतंक यतिबेला ९५ प्रतिशत कम भएकाे छ र रुरुधाम वासि यतिबेला गाई गाेरुले सताउने समस्या बाट मुक्त छन ।


    हाम्रो समस्यलाई समाधान गर्ने गरि रुरु गौसेवा आश्रम स्थापना भएकाे छ । सहयाेग त हामिले गर्नै पर्छ यसका लागि हाम्रो अभियान जारी छ र फेरी गौ आश्रमका गाईगाेरुका लागि दाना खरिद गरेर दिने याेजना बनाएका छौँ ।  हामीले केही दिनमै दाना बरान हस्तान्तरण गर्छौँ सप्तचण्डी आमा समुहकि अध्यक्ष धना रानाले भनिन् ।


    रुरुधामलाई गाईगाेरुकाे डम्पिङ साईट बनाईए पछि लामाे समय सम्म गाईगाेरुकाे आतंक र मानव र छाडा गाई गाेरुकाे विचकाे वैमनस्यताले ठुलाे रुप लिए पछि बेलायतमा बस्ने रुरुधामकि चेलि राजु राणा मल्ल पहलमा रुरु गौसेवा अाश्रमकाे स्थापना भएकाे हाे ।


    दुहुँदासम्म गाई दुहुने, जाेत्दासम्म गाेरुले जाेत्ने र बुढा खाडा भएपछि रिडीमा ल्याएर छाड्ने र तिनै गाई गाेरुले रिडी बजारका व्यापारीहरुका सामान खाई दिएर हैरान पार्ने र रातिमा किसानका बारिमा बालि सखाप पारेपछि ठुलाे समस्या बनेका  गाई गाेरु यतिबेला संरक्षित बनेर आरामकाे जिन्दगी विताउँदै छन । 

    यद्यपि छिटफुट रुपमा गाई गाेरु बजारमा ल्याएर छाड्ने गरिएकाे छ र यसरी रातिमा ल्याएर गाई गाेरु छाड्ने कार्यकाे निगरानी सप्तचण्डी महिला समुहले गरेकाे छ कसैले गाई खेदेर ल्याएकाे  देख्याे भने खवर गर्न भनेका छौँ हामीले कारवाहि गर्छौँ सप्तचण्डी महिला समुहकी उपाध्यक्ष तुल्सी गुरुङ्गले बताईन् ।


    रिडी बजार देखि द्क्षिण पट्टि तानसेन नगरपालिका वडा न १४ काे कुसेनीमा निर्माण गरिएकाे रुरु गौ सेवा आश्रमले धार्मिक पर्यटनमा नया अयाम थपेकाे त छ नै सँगै पशु सँरक्षण र पशु अधिकारमा समेत नया आयाम थपिएकाे छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रुरूक्षेत्र
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।