कृष्ण अन्जान, रुरु । मानवसेवामा रुरुक्षेत्र भित्र यो वर्ष सर्वाधिक चर्चामा माध्यमिक शिक्षा पढ्दै गरेका विद्यार्थीहरुकाे पहलमा स्थापना गरिएको सरस्वती माता फाउण्डेसन रहेको छ ।
केभिड सङ्क्रमणका भयावहका भित्र धेरै क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष असर गरेको छ । शहर होस या गाउँ जताततै शून्यता र सन्नाटा छ । मान्छे एक अर्काका नजिक जान डराउँछन् । आफन्त हुन या पराई कसैको घरमा केही जाँदैन । लाखौं कामदारको रोजगारी गुमेको छ । गाउँ र शहरका कति परिवार करिब भोकै छन उनको चुल्हो बल्यो कि बलेन कसले बुझ्ने ? काेभिड सङ्क्रम भयावहका भित्र रुरुक्षेत्रका केही केही मन हरु भने विपन्न परिवारका चुल्हो बाल्न एकमुठी चामल र एक दिउरी तिहुनको जाेहाे गरिदिन रातदिन एकाेहाेराे खटेपनि पनि चर्चामा भने छैनन् ।
रुरुक्षेत्र गाउँ पालिका वडा न ४ बलेटक्सारका रनजित ज्ञवालीलाई के पानी के घाम विपन्न परिवारका घरघरमा राहत बोकेर धेरैका घरमा हिँडे । रनजित उमेरले अनुभवले साना मान्छे हुन । स्थानिय ज्ञवालि बलेटक्सार माध्यमिक विद्यालयबाट यो वर्ष एस ई इ पास गरेका रनजित ज्ञवालीमा सायद पारिवारिक संस्कारहोला समाज सेवा र मानवीयताकाे भावना भरिएको छ । उनी सहित उनका समकक्षी साथिहरुकाे पहलमा रुरुक्षेत्रमा यसै वर्ष खेलिएको सरस्वती माता फाउण्डेसनले समाजसेवा र मानसिकतामा अब्बलता कायम गर्न सफल भएको छ ।
निस्वार्थ भावना भित्र मानवीय समवेदनाले ओतप्राेत सरस्वती माता फाउण्डेसनका साना बाबू नानीहरुकाे याे प्रयासमा कसैकाे आँखा पुगेको छैन । बोराभरि चामल अक्सिजनका साना सिसी दाल चामल तेल लगायतका सामाग्री बोकेर काेभिडले चुल्हो नबालेका घरहरूमा ती साना बाबू नानी हरु कसरी पुगे उनीहरूले राहतको जाेहाे कसरी गरिरहेका छन कसैले उनिहरुलाई साेधेन । एउटा अक्सिजन सिलिन्डर दिँदा सराद्दमा गाेदानमा एकजनाको हात अरुले छाएझैँ छोएर सस्तो लोकप्रियताका लागि फाेटाे खिचाउने सामाजिक अभियन्ता धेरै छन तर गाउँघरमा रोजगारी खोसिएर भाेकभाेकै बस्न विवशलाई एकमुठी सास धानिदिन घरघरमा पुग्ने रनजित, प्रवेश, मनिष, अनिष, दिपेन्द्र, पिताम्बर, अनिलहरूलाई हौसला र सहयोगका हात कसैका बढेनन् तर पनि उनीहरूले हौसला हारेनन् ।
रुरुक्षेत्र ३ का कुल बहादुर बिक र चन्द्रि बिक, रुरु ४ का राम बहादुर क्षत्रि , बम्घा ५ का चिरन्जिवि ज्ञवाली बलेटक्सार ४ का यम बहादुर बिक रुरु १ का बिक्रम बिक लगायतका दर्जनौं परिवार का भोका पेटहरूमा अन्नको दाना पुग्दा उनीहरूका परिवारको आशिक यतिबेला रनजित ज्ञवालीको सरस्वती माता फाउण्डेसनको टिमले पाई रहेका छन । । दुखमा साह्रै ठुलो गुन लगाउनु भयो ती बाबूहरूले सधैँ राम्रो होस भगवान ले सँधै राम्रो गरून् रुरुक्षेत्र ३ कि चन्द्रि विकले आशिक दिइन । चन्द्रि बिक त प्रतिनिधि पात्र मात्र हुन रुरुक्षेत्रका दर्जनौँ परिवारका सदस्यहरूले यतिबेला यी साना बालकहरूलाई मनभित्रै बाट आशिक दिइरहेका छन । त्यति मात्र होइन हिँजो छोरा छोरीका लागि सुम्पेर आज तिनै छाेराछाेरि बाट परित्यक्त भई बृदाश्रममा जीवन बिताई रहेका बा आमाहरूलाई तिजमा दर खुवाएर असल छोराछोरी बन्ने काम समेत याे वर्ष सरस्वती माता फाउण्डेसनका सदस्यहरुले गरे । हुने बिरुवा चिल्लो पात भन्छन रनजित प्रवेश अनिष मनिष अनिल दिपेन्द्र पिताम्बरहरूलाई नपुग्दाे केही छैन तर अरुका लागि पनि केही गर्नु पर्छ भन्ने भावना ओतप्राेत छ ।

यतिबेला समाजसेवामा खडेरी परेकाे छ तर यहि खडेरी भित्र भाेलीका लागि मिठाे सँभावना बोकेर यी बालकहरू खटेका छन । नयाँपिँढि भएपनि उनिहरु भित्र समाज सेवा र मानवियताकाे भावना मात्र छैन यहि रफ्तारमा उनिहरु अगाडी बढे हात मिलाउने र बात मिलाउने राजनैतिक सँस्कार बाेक्ने हरुका अगाडी वास्तविकताकाे धरातलमा उभिएका रनजित र प्रवेशहरूले रुरुक्षेत्रमा नेतृत्व गर्न सक्षम बन्ने कुरामा विश्वास मात्र हाेइन विश्वस्त हुन सकिन्छ । यो वर्ष पनि सरकारले धेरै पदक आभुषण बाँट्याे ।दलिय राजनितिमा आसेपासे र भरौटेहरूलाई पदक सम्मान दिईयाे तर जनताका भोका पेट भर्न लागि परेका रनजित प्रवेशहरूमा राज्यको आँखा परेन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology