Logo

२०८३, श्रावण २७गते


images
images

रुरु धामको गौरव गौसेवा आश्रम

रुरु धामको गौरव गौसेवा आश्रम

images
  • सेतोमसी सहकर्मी
  • रुरु धामको गौरव गौसेवा आश्रम
    images
    images

    कृष्ण अन्जान, रुरु । मानवियता अझै जिवित छ भन्ने उदाहरण बनेका छन् रुरु गाउँ पालिका वडा न ४ का झविन्द्र ज्ञवाली । पेशाले बरिस्ट ईन्जियर रहेका ज्ञवाली तारा गाउँ विकास समितिका अध्यक्ष समेत छन् ।

    images
    images
    images

    रुरुक्षेत्र पाल्पा खण्डको कुसेनिमा स्थापित रुरु गौसेवा आश्रमका लागि स्थानीय शान्ता ज्ञवालीको सहकार्यमा गौशाला नजिकैको तेह्र रोपनी जग्गा गौशालालाई प्रदान गरेपछि झविन्द्र ज्ञवालीको धार्मिक सहिष्णुताले उचाई चुलिएको छ । जग्गा सँगै इन्जिनियर झविन्द्र ज्ञवालीको पहलमा गौसेवा आश्रममा गौसेवकहरुका लागि मासिक तलव र दशैँ पेश्कि समेत उपलव्ध गराएका छन् ।

    images
    images
    images

     

    images
    images
    images

    केही समय देखि रुरुक्षेत्र धाम अन्तरगतको पाल्पा खण्डमा रहेको तानसेन नगरपालिका वडा न १४ कुसेनीमा रुरु गौसेवा आश्रम सन्चालित छ । मुख्यतया बेलायतमा वस्ने रुरुधामकी राजु राणा मल्लको अगुवाईमा करिव विस लाखको लागतमा निर्माण भएको रुरु गौसेवा आश्रम यो क्षेत्रकै लागि धार्मिक गौरवको स्थल हो । रुरुक्षेत्रमा मानव र छाडा गाई, गोरु बिचको द्वन्द्वलाई कम गर्दै गाई, गोरुको सँरक्षणमा रुरु गौसेवा आश्रमले महत्त्वपूर्ण भुमिका खेलेको छ । सुविधा सम्पन्न गौशालामा यतिवेला ६५ वटा गाई गोरु रहेको र स्थानीय स्तरबाट घाँस दानाको सहयोगले गाई गोरुको सँरक्षण र पालन पोषण भईरहेको र गौसेवा आ श्रम लाई दिगो राख्न सबै क्षेत्रको सहयोग आवस्यक भएको रुरु गौसेवा आश्रम कि उपाध्यक्ष स्मृति राणाले बताए  ।

     

    गौमाताको सेवा जस्तो पवित्र धार्मिक कार्य सँगै पशुको बाँच्न पाउने अधिकार स्थापित गर्न महत्त्वपूर्ण योगदान गरिरहेको रुरु गौसेवा आश्रमको स्थापना र गाईको सँरक्षणले रुरुक्षेत्रको धार्मिक पर्यटनमा थप आयाम थप्ने देखिएको छ ।

    242268757_962018607687795_8860021687093596096_n.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रुरु
  • # गौमाता
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।