पोर्चुगल । ३०औं जनयुद्ध दिवसको अवसरमा पोर्चुगलको राजधानी लिस्बानमा जनप्रगतिशील मन्च पोर्चुगलले अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
फेब्रुरी १६ तारिख राजधानी लिस्बानमा रहेको रेस्टुरेन्ट एभरेस्ट नेपालमा मंचले शुभकामना आदानप्रदान सहित जनयुद्ध दिवसको सन्दर्भमा अन्तरक्रियात्मक विचार -विश्लेषण गर्न लागेको हो ।
पोर्चुगलमा रहेका विभिन्न संघसंस्थाहरूलाई समेत उक्त कार्यक्रममा उपस्थिति हुनको लागि आयोजकले आग्रह गरेको छ।
नेपालमा १९९६ फेब्रुअरी १३ (२०५२ फागुन १) बाट तत्कालीन माओवादीले सुरु गरेको सशस्त्र युद्धले राजनीतिक रुपान्तरण, विकास, परिवर्तनमा विशेष भूमिका खेलेको विश्लेषण गरिन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology