Logo

२०८३, आश्विन १०गते


images
images

तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा आमा छोराको मृत्यु

तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा आमा छोराको मृत्यु

images
  • तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा आमा छोराको मृत्यु
    images
    images

    काठमाडौं । तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    images
    images
    images

    मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउने आमाछोरा भएको खुलेको छ ।

    images
    images
    images

    मृत्यु हुनेमा मोटरसाइकल चालक तनहुँकै ऋषिङ गाउँपालिका– ६ चालिसे घर भई हाल व्यास नगरपालिका–५ पाटन बस्दै आएका १९ वर्षीय सन्दीप आले र मोटरसाइकलको पछाडि सवार उनकी आमा ४० वर्षीया मधुमाया आले हुन् ।

    images
    images
    images

    दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको गण्डकी प्रदेश०३–००१प०३१० नम्बरको मोटरसाइकल हुस्सु लागेको बेला तीव्र गतिमा चलाउँदा दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ ।

    तीव्र गतिको मोटरसाइकल आफैँ अनियन्त्रित भएर सडकको बायाँ साइटको कल्भर्टमा ठोक्किएर झण्डै आठ मिटर तल खसेको देखिन्छ ।

    मृतकको शव प्रहरीले पोस्ट मार्टमका लागि अस्पताल लगेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेका छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मोटरसाइकल दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।