Logo

२०८३, आश्विन १०गते


images
images

दुर्घटना

मोटरसाइकल दुर्घटनामा घाइते एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा घाइते एक जनाको मृत्यु

images
  • मोटरसाइकल दुर्घटनामा घाइते एक जनाको मृत्यु
    images
    images

    कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका-६ सिसैयास्थित पूर्व-पश्चिम राजमार्गमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

    images
    images
    images

    बिहीबार बिहान करिब ८: १५ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको से ३ प ५२७४ नम्बरको मोटरसाइकलले डडेल्धुराको अजयमेरु गाउँपालिका-५ का २१ वर्षीय यज्ञ ठगुन्नालाई ठक्कर दिएको थियो । ठगुन्नाको टाउकोमा सामान्य चोट लागेको छ र उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

    images
    images
    images

    दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बेदकोट नगरपालिका-९ का करिब ६० वर्षीय गौरसिंह महरा गम्भीर घाइते भएका थिए । महाकाली प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि धनगढीस्थित टेक केयर अस्पताल पठाइएका उनको उपचारका क्रममा सोमबार बिहान १०: ४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।