नवलपरासी । नवलपरासी पश्चिमको सरावल गाउँपालिका-१ सालबासस्थित पूर्व-पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन् ।
प्रदेश नं. ३-०२-००६ प ९८३६ नम्बरको मोटरसाइकल पूर्वबाट पश्चिमतर्फ जाँदै गर्दा अनियन्त्रित भई सडकको बीच भागमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ।
दुर्घटनामा परि घाइते भएका मोटरसाइकलको पछाडि सवार रुपन्देही शुद्धोधन गाउँपालिका अमहवाका अन्दाजी २८ वर्षीय कमल परियारलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी अस्पताल लगिएको थियो। तर, चिकित्सकले राति ८:२५ बजे उनलाई मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा परी मोटरसाइकल चालक नुवाकोट लिखु-३ का अन्दाजी २९ वर्षीय गोपाल लोहनी गम्भीर घाइते भएका छन्। उनको टाउकोमा गम्भीर चोट लागेको छ र अवस्था गम्भिर रहेको जनाइएको छ ।
प्रहरीले दुर्घटनामा परेको मोटरसाइकल नियन्त्रणमा लिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको नवलपरासी प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रेशम बोहराले जानकारी दिएका छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology