Logo

२०८३, श्रावण २७गते


images
images

आइपिएल सिजन- १४

चेन्नईद्वारा मुम्बई २० रनले पराजित

चेन्नईद्वारा मुम्बई २० रनले पराजित

images
  • चेन्नईद्वारा मुम्बई २० रनले पराजित
    images
    images

    एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई २० रनले पराजित गरेको छ ।

    images
    images
    images

    दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार राती भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धातिर २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनाएको थियो । तर मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सक्यो । 

    images
    images
    images

    चेन्नईका रुतुराज गायकवाडले अविजित रहदै ८८ रनको पारी खेले । यस्तै रविन्द्र जडेजाले २६ रन जोड्दा ड्वाने ब्राभोले २३ रन बनाए । बलिङतर्फ मुम्बईका लागि ट्रेन्ट बोल्ट, आदम मिलेन र जस्प्रित भुम्राहले समान दुई–दुई विकेट लिए ।

    images
    images
    images

    मुम्बईका लागि सौरव तिवारीले ५० रनको अर्धशतकीय पारी खेले ४० बल खेलेका उनले ५ चौका प्रहार गरे । त्यस्तै मुम्बईका लागि क्विन्टन डीककले १७ रन जोडे । 
    बलिङतर्फ चेन्नईका लागि डुइन ब्राबोले सर्वाधिक तीन विकेट लिए । त्यस्तै दीपक चहारले दुई विकेट लिँदा जोस हेजलहुड र शार्दुल ढाकुरले समान एक–एक विकेट लिए ।

    कोभिडका कारण गत मे २ बाट स्थगित भएको प्रतियोगिता आइतबार बाट सुरु भएको हो । आइतबारको खेलमा जित निकालेसँगै चेन्नईले ८ खेलबाट १२ अंक जोडेको छ । चेन्नई तालिकाको शीर्ष स्थानमा रहेको छ । हारेको मुम्बई ८ अंक जोडेर तालिकाको चौथो स्थानमा छ । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # क्रीकेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।